Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्छ : मन्त्री नेपाल

HDR-Inaguration1-1575967912.jpg

२३ मंसिर, हेटौंडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्ने बताएका छन् ।
कृषि तथा वन विश्वविद्यालय चितवनको सहकार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) ले हेटौँडामा मंगलबार आयोजना गरेको मानव विकास प्रतिवेदन–२०१९ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री नेपालले समृद्धि हासिल गरेर मात्रै नहुने र यसको विवतरण तल्लो तहसम्म पुग्नुपर्ने बताए । उनले समृद्धिको न्यायपूर्ण वितरण नभए शान्ति नआउने दावि गर्दै पछि परेकाहरुलाई समृद्धिको लाभ हासिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा युएनडिपिका संचारप्रमुख कमलराज सिग्देलले प्रतिवेदनको प्रस्तुति दिएका थिए । ३ नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. मुकुन्दप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, कृषि तथा वन विश्वविद्यालयका डिन मनराज कलाक्षपति, सहायक डिन डा. कल्याणी मिश्र, प्राध्यापक डा. बलराम भट्ट, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्याय र कृषि तथा वन विश्वविद्यालयकी विद्यार्थी कामना पराजुलीले नेपालमा विकासको आयामबारे धारणा राखेका थिए ।
प्रतिवेदनका अनुसार नेपाल १४७ औं स्थानमा रहेको छ । नेपालको मानव विकास सुचाकांक मूल्य सन् २०१८ का लागि ०.५७९ रहेको छ । सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांक मूल्य ०.३८० देखि ०.५७९ बृद्धि भएको थियो । यो अवधिमा नेपालमा जन्मदरको औषध आयु १६.१, विद्यालय शिक्षाको मध्यम बर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित बर्ष ४.७ बर्षले बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 
प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधारभएपनि त्यो सुधार असन्तुलित रहेको उल्लेख गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार