२४मंसिर,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापति चयन गरेको छ।केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तह अन्तर्गत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको बताए।
समायोजनसंगै नेपाली कांग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा सञ्जिव श्रेष्ठ, कैलाश गाउँपालिका सभापतिमा सूर्यबहादुर तितुङ र मनहरी गाउँपालिका सभापतिमा नारायण उप्रेती चयन भएको निर्वाचन अधिकृत न्यौपानेले बताए । बाँकी २ गाउँपालिका राक्सीराङ र ईन्द्रशरोबरको भने भोली २५ गतेसम्म टुंग्याईने निर्वाचन अधिकृत न्यौपाने जानकारी दिएका छन् ।
सभापति चयनपछि कांग्रेस मकवानपुर पार्टी सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रमाणपत्र दिंदै कार्यसफलताको कामना गरेका थिए।यसअघि प्रतिनिधिसभाको दुई, प्रदेशसभाको चार र पाँच वटा स्थानीय तहको सभापतिहरु समायोजन गरिएको थियो ।
समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा, क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर १ को (ख) मा ताराप्रसाद चौलागाई, क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा सुजन गोपाली र क्षेत्र नम्बर २ को (ख) मा लोकबहादुर मुक्तान सभापति चयन भएका थिए ।त्यस्तै थाहा नगरपालिकाको नगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको नगर सभापतिमा आनन्दराम पराजुली, गढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान, बागमती गाउँपालिकाको सभापतिमा भक्तबहादुर राई र बकैया गाउँपालिकाको सभापतिमा भूमिनन्द गौतमलाई समायोजन गरिसकिएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...
२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...
२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...
२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...
२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...
२० बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...