२७ मंसिर, काठमाडौँ । शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तयार पारेका छन् ।
प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको र यसमा आवश्यक परामर्श गरेर शुक्रबार अन्तिम रुप दिने दाहालको तयारी रहेको कान्तिपुर दैनिकमा समाचार छ । पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न थालेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसाँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको बिहीबार उनीसँग भेट गरेका एक नेताले बताए । दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासंगै आगामी कार्ययोजना पनि छ ।
ती नेताका अनुसार यसबाहेक दाहालले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव छ । पार्टी स्थायी कमिटीको दोस्रो बैठक मंसिर २९ र ३० गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको पूर्वसन्ध्यामा शनिबार सचिवालयको बैठक बस्दैछ ।
२३ गतेको सचिवालय बैठकले संगठन विभागबाट २०७६ भदौ ९ गते प्रस्तुत प्रस्तावलाई परिमार्जन गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष दाहाल र नेता वामदेव गौतमलाई दिएको थियो । त्यसैका आधारमा संगठनात्मक प्रस्ताव आउनेछ । यसबाहेक स्थायी कमिटी बैठकबाट नेकपाले संगठन विभागको अधिकार र कर्तव्यसम्बन्धी पार्टी नियमावलीमा उल्लिखित व्यवस्थामा परिमार्जन एवं संशोधन गर्ने तयारी पनि गरेको छ ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















