२७ मंसिर, काठमाडौं । संसद् अधिवेशन सुरु भएसँगै संसदमा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ । पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका हुन् ।
सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको समाचार नागरिक दैनिकले बनाएको छ । नेकपाले सभामुख आफूले लिने भए पनि पार्टीबाट कसलाई उठाउने भन्ने औपचारिक निर्णय गरेको छैन। पार्टी स्रोतले भन्यो, ‘दुई दिनपछि केही हुनसक्छ।’ प्रमुख कांग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने कि नदिने निर्णय गर्नेछ। सभामुख र उपसभामुखका सम्भावित उमेदवार शक्ति केन्द्रमा धाउन थालेका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सक्रिय देखिएका छन् तर पनि उनले उमेदवार हुने नहुने विषयमा केही बताउँन चाहदैनन्।
नेकपाका देव गुरुङ, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भूषाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि सक्रियता बढेको स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेसँग सरकारको तर्फबाट कुनै मन्त्री भेट गर्न आएका छैनन्। उनी यतिबेला पर्ख र हेरको अवस्थामा छिन्। उनले आफूलाई पार्टी नेतृत्वले अहिलेसम्म कुनै छलफल नगरेको दुखेसो पोख्न थालेकी छन्। पार्टीले राजिनामा दिन भनेमा उनले राजिनामा दिने मनस्थिती बनाएकी छन् तर आफ्नो अपमान हुने गरी पद छोडन उनले चाहेकी छैनन्।
उनले आफैलाई सभामुख बनाउन आफ्ना निकट नेतासँग छलफल गरेकी छन्। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि गत असोजदेखि संसदमा सभामुख पद खाली छ । संसद् अधिवेशन नभएकाले सभामुख चयन हुन सकेको छैन ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















