३० मंसिर, हेटौँडा । ३ महिना अघिसम्म चहलपहल रहने ३ नम्बर प्रदेशको प्रदेशसभामा अहिले सुनसान छ । हेटौँडामा रहेको प्रदेशसभामा अहिले केही कर्मचारी र सुरक्षाकर्मी मात्रै देखिन्छन् ।
भदौं २५ गतेदेखि स्थगित भएको प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । प्रदेशसभा बैठक कहिले बस्छ भन्ने पनि अहिलेसम्म निश्चित छैन । प्रदेशसभाको बर्षे अधिवेशन समाप्त भएपछि न कर्मचारीहरुलाई कुनै कामको चाप छ, न प्रदेशसभा सदस्यहरुलाई नै । उनीहरु पनि कहिले प्रदेशसभा संचालन हुन्छ भन्ने प्रतिक्षामा छन् ।
प्रदेशसभालाई काम दिन नसक्नु प्रदेश सरकारको कमजोरी रहेको ३ नम्बर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बताउँछन् । ‘विधेयक ल्याएर छलफल गर्ने वातावरण तयार गर्ने र राजधानीको नाम र स्थान टुंगो लगाउनु पर्ने हो ।’–बानियाँ भन्छन्–‘२ तिहाई बहुमत हुँदा पनि काम गर्न नसक्नु सरकारको कमजोरी हो ।’ उनले यथाशिघ्र संसद बोलाउन प्रमुख प्रमुखलाई आग्रह गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश भएका कैयौ महत्वपूर्ण विषय संसद संचालन नहुँदा छलफलमा आउन सकेको छैन । तर प्रदेश सरकारले हिउँदे अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह नगर्दा प्रदेशसभा संचालन हुन नसकेको हो । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभामा कुनै पनि विधेयक दर्ता गरेको छैन । यसअघि दर्ता भएका सबै ४५ वटा विधेयक पारित भईसकेका छन् भने ४४ वटा प्रमाणिकरण समेत भईसकेका छन् । विधेयक नहुँदा प्रदेशसभा संचालन हुन नसकेको सभामुख सानुकुमार श्रेष्ठ बताउँछन् । ‘प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अधिवेशन आव्हानका लागि आग्रह गरेपछि प्रदेश प्रमुखबाट आव्हान गर्ने प्रावधान छ ।’–उनले भने । तर सरकारले प्रक्रिया थालेको छैन ।
विधेयक नहुँदा मिनि संसदको रुपमा चिनिने संसदीय समितिको बैठक पनि कम भएको छ । केही समितिको बैठक बसेर सरकारको कामको अनुगमन लगायतका काम गरेपनि अन्य निस्क्रिय रहेको छन् । ३ महिनादेखि प्रदेशसभा सदस्य कामविहिन छन् । त्यसैले संसदमा विधेयक ल्याएर प्रदेशसभालाई प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यान जानु जरुरी रहेको ३ महिनापछि सोमबार हेटौँडामा भेटिएका सांसदहरुको भनाई छ ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















