७पुस,हेटौंडा।जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ।जनताले अमुल्य मत दिएर जिताएका जनप्रतिनिधि बास्तबमै जनताप्रति उत्तरदायी हुनुपर्ने बन्ने कुुुराको गतिलो प्रमाण बनेेेका छन् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेश बानियाँ।
वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने सम्झौतापत्र बुझाएपछि जनताप्रति उत्तरदायी रहेको कुरा प्रमाणित गरिदिएका हुन्।
बानियाँले सोमबार हेटौंडा ९ मा रहेको सामुदायिक सेवा केन्द्र पशुपतिनगरमा एक कार्यक्रमको आयोजना गरी हेटौंडा नगर प्रमुख हरि बहादुर महतको उपस्थितीेमा हस्ताक्षर गरी उक्त सम्झौता पत्रमा हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स सेवाबाट कोही पनि बन्चित नहोस र प्रहरी र जन्तको कदर स्वरूप आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा बानियाँ सहित उनका दाजु रविनकुमार बानियाँ र रमेशकुमार बानियाँ मिलेर एम्बुलेन्स खरिद सामुदायिक सेवा केन्द्रलाई दिन लागेको बाँनियाले बताएका छन्।
एम्बुलेन्स खरिद सम्झौतापत्रमा एम्बुलेन्सदाता तथा वडा नम्बर ५ का वडाध्यक्ष राजेश बाँनिया, हेटौंडा नगर प्रमुख महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, ३ नम्बर प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्ठले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन।
सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९का अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा नगर प्रमुख हरि बहादुर महत, प्रजिअ नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, वडा ८का अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्र निवर्तमान अध्यक्ष कुमार पौडेल, उपाध्यक्ष विनोदचन्द्र लामिछाने लगायतकाले वडाध्यक्ष बानियाँको सहयोग सम्मानयोग्य भएको बताएका छन्। कार्यक्रममा हेटौंडा ९ का अध्यक्ष लक्ष्मण भण्डारी, १५ का अध्यक्ष महारत्न लामा, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मकवानपुरका युवा नेता तथा व्यवसायी आनन्दराम पराजुली, सीताराम बर्तौला, डिडिसीका प्रमुख गणेश यादव लगायत सञ्चारकर्मी, सेवाकेन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















