१० पुस, हेटौँडा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन मकवानपुर इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ लाई 'तस्कर' संग व्यक्तिगत भेटघाटको आरोप लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी नारायणी व्युरो इन्चार्ज शितलको नाममा जारी भएको विज्ञप्तिमा उनी पार्टीको योजना बाहिर तस्करसंग व्यक्तिगत भेटघाटमा जाने क्रममा २०७५ चैतमा पक्राउ परेको जनाईएको हो ।
विज्ञप्तिमा ८ महिना जेलमा रहँदा समेत ज्वालाले पार्टी नीति र अनुशासन बाहिर गई पार्टी र व्यवसायीहरुलाई असर पर्ने गरी आर्थिक छलफल (चन्दा संकलन) गरेको आरोप लगाईएको छ । पार्टीको नीति र अनुशासन बाहिर गएको भन्दै उनलाई नेपाल कम्युनिष्ट पार्टीको कुनै पनि निकायमा नरहने गरी निस्कासन गरेको जनाईएको छ । विज्ञप्ति कहिले जारी गरिएको भन्ने मिति भने उल्लेख छैन । विप्लवका तत्कालिन इन्चार्ज ज्वालासहित ३ जनाले यसअघि नै पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र जीवनयापन गर्ने जनाईसकेका छन् । ज्वाला भीमफेदी कारागारबाट धरौटिमा रिहा भएको भोलीपल्ट पुस ६ गते नै विज्ञप्ति आईसकेको छ ।
त्यसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना तत्कालिन जिल्ला जनसरकार प्रमुख एवं सचिवालय सदस्य राजकुमार पाख्रिनलाई पार्टीमाथि गद्धार गरेको र ज्वालालाई तस्करसंग व्यक्तिगत लाभका लागि भेटघाटको आरोप लगाउँदै निस्कासन गरेको जनाएको छ ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















