Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पर्यटक लोभ्याउदै हेटौँडा ७ न्युरेनीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्र

81586328_571827533667592_-1577937571.jpg

फोटो: सुनिल शिवाकोटी। प्रष्ट खबर

सुनिल शिवाकोटी

१६ पुस, हेटौँडा । हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको पशुपित मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थलको हवको रुपमा बिकास हुदै गएको छ । हेटौँडा उपमहानगर भित्र शहरको कोलाहलबाट केही पर रमणीय न्युरेनी सामुदायीक वनको काखमा अवस्थित छ पशुपित मन्दिर क्षेत्र । 

धार्मिक क्षेत्रको रुपमा विकास भएको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न आउनेको सख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।मन्दिर पसिरबाट सुन्दरतासँगै देखिने हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, ७, १५, ८ र हेटौँडा ९कोे मनोरम दृश्यले नै यस क्षेत्रमा घुम्न र वनभोज खान आउने आन्तरिक पर्यटकको सख्यामा बृद्धि हुदै गएको छ। यस क्षेत्र पछिल्लो समय चलचित्र छयाङकनको लागि निर्देशकको रोजाईमा पर्दै आएको छ। कान्ति लोकपथ हुदै हेटौँडा बजारबाट ४ किलोमिटर पारगरेपछि पग्न सकिने पशुपित मन्दिर क्षेत्र धार्मिक पर्यटन तथा वनभोज स्थलको रुपमा बिकास हुदै गएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र मकवानपुर गढीगाँउपालिका ३ को सिमाना पर्ने यस क्षेत्रमा २०५३ सालमा महादेवको मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष केदार प्रसाद मिश्र बताउछन ।२०५४ सालमा तत्कालीन हेटौँडा नगरपालिकाका मेयर डोरमणी पौडेलले उदघाटन गरेको यस मन्दिरमा हाल धर्मशाला, खानेपानी टयाङ्की, पिकनिक सेड,लक्ष्मी नारायण मन्दिर, वनदेवी मन्दिर, विश्राम स्थल,मयुर प्रतिमा लगायतका संरचना निर्माणले धार्मिक स्थलको रुपमा स्तरउन्नती भई पछिल्लो समय यस क्षेत्रमा वनभोज खान र बैवाहिक कार्यक्रममा समेत मानिसहरु आउने क्रम बढेको मन्दिर संरक्षण समितिका अध्यक्ष मिश्रले बताए । मिश्रले यसै मनोरम दृश्यका कारण नेपाली चलचित्र “चर्खा” यसै क्षेत्रमा छाँयाकन गरिएको समेत बताए ।

शहरको कोलाहलबाट छुट्कारा पाउन नजिकै रहेका सालघारी र न्युरेनी सामुदायीक वनमा देखा पर्ने मयुर,हरिण लगायतका वन्यजन्तु हेर्न पाइने भएपछि हेटौँडा नगरका साथै जिल्ला बाहिरका पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ पशुपित महादेव मन्दिर क्षेत्र ।

नयाँ वर्ष,विभिन्न चाडपर्व, बिदाको समयमा,साउने सोमबार,हरितालिका तिज, बालाचतुदृशी, तथा शिवरात्री मनाउन आउने धर्मालम्वीहरु र पर्यटकहको सख्यामा उल्लेख्य बृद्धि हुदै गएको भन्दै चाँडै मन्दिर परिसरमा वृद्धाश्रम तथा आवश्यक संरचना निर्माणको योजना समेत रहेको मिश्रले बताए। “हामीले स्थानियसंग सहयोग मागेर केही संरचना निमार्ण गरेको हौँ, वडा नम्बर ७ को एक मात्र पर्यटकीय स्थलको रुपमा रहेको र चिनाउन यस क्षेत्रको विकास हुन जरुरी रहेको छ । प्रदेश सरकार नगरपालिका र वडा कार्यालयले यसको विकासमा चासो देखाउनुपर्यौ” मिश्रले बताए।

प्रदेश ३ को राजधानी हेटौँडाबाट विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाले भिजिट नेपाल ट्वान्टी/ ट्वान्टी मनाइ रहदा हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको पशुपित मन्दिर क्षेत्रले पनि समग्र वडा र हेटौँडा नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुयाउन कोशेढुङ्गा सावित हुन सक्थ्यो की ?

IMG_20200102_103339-1577940784.jpg
IMG_20200102_103321-1577940789.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार