सुनिल शिवाकोटी
१८ पुस, हेटौँडा । युवालाई नेतृत्व दिन सशंकित हुने अहिलेको अवस्थामा हेटौँडाको वडा नम्बर ६ मा भने युवाहरुले नै संघ संस्थाको नेतृत्व गरिररहेका छन् । हेटौँडा–६ का आधा दर्जन संस्थाहरुमा युवाहरुकै नेतृत्व छ । ६ नम्बर वडाका सहकारी, टोल विकास संस्था, शैक्षिक संस्था, सामुदायिक वन समूह जस्ता संस्थामा युवाहरुको नेतृत्व छ । ति संस्थामा उनीहरुले नेतृत्व मात्रै हैन उदाहरणीय काम समेत गरिरहेका छन् ।
हेटौंडा–६ चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको अध्यक्ष हिमाल पौडेल रहेका छन् । ३७ बर्षीय पौडेलले जनकल्याणको नेतृत्व गरेको पनि निरन्तर ८ बर्ष भएको छ । अध्यक्ष भएपछि पौडेल जनकल्याणमा एक घर एक सदस्य भन्ने नारालाई प्राथमिकता दिएर सदस्य बनाउने, युवाहरु लक्षित कार्यक्रमहरू ल्याएर सहकारीमा युवाहरुको आकर्षण बढाईरहेका छन् । उसो त पौडेल आफुमात्रै नभई युवाहरु संस्थाको कार्यसमितिमा बसेर काम गर्नुपर्ने भन्दै हौसला दिईरहेका छन् । उनकै नेतृत्वमा जनकल्याणले नेप्mस्कुनबाट पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ भने संस्थाको अहिलेको कार्यसमितिमा पनि युवाहरुको बर्चस्व छ ।
यस्तै, हेटौंडा ६ चौघडामा रहेको रानि सामुदायिक वनमा कृष्ण विडारीले नेतृत्व गरेका छन् । दोस्रो पटक रानी वनको नेतृत्व सम्हालेका ४५ बर्षीय विडारीको कार्यसमितिमा पनि युवाहरुको बर्चस्व छ भने ५० प्रतिशत बढि महिला सहभागिता रहेको छ । सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रमुख पुरस्कार प्राप्त गरेर राष्ट्रियस्तरमै ख्याति कमाएको रानी वनमा विडारीको नेतृत्वमा वन तथा वातावरण संरक्षणसंगै उपभोक्ताको जीवनस्तर उकास्ने धेरै काम भएको कार्यालय सचिव भीमसेन पौडेलको भनाई छ । संस्थागत विश्वसनीयताका कारण अध्यक्ष विडारी र रानी वन जिल्लामा अन्य सामुदायिक वन समूहका कार्यसमितिमाझ उदहरणको रुपमा देखा परेको वनकर्मीहरु बताउँछन् ।
हेटौंडा–६ को मुटुमा रहेको यी दुवै संस्थाको नेतृत्व समालेका पौडेल र विडारी युवाले नेतृत्व सम्हाल्ने मौका पाए उदाहरणीय काम गर्न सक्ने देखाएका छन् । हेटौडा–६ कै चुच्चखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष गौरबकुमार पराजुली ४६ बर्षका भए । उनले कामधेनुको नेतृत्व सम्हालेको यो निरन्तर तेस्रो कार्यकाल हो । उनको नेतृत्वमा संस्थाले आफ्नै सुविधासम्म भवन निर्माण गरी कार्यालय संचालन गर्न सफल भएको छ भने शेयर सदस्यमा समेत बृद्धि भएको छ । शेयर सदस्यहरुमाझ घुलमिल गर्दै काम गर्ने स्वभावका उनलाई पटक पटक नेतृत्व दिन शेयर सदस्यहरु नै अग्रसर बनेर तेस्रो कार्यकालसम्म सर्वसम्मत अध्यक्ष बनेका छन् ।
४६ बर्षीय राजेन्द्रप्रसाद चौलागाईले हेटौंडा–६ मै रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको नेतृत्व सम्हालेका छन् । कृषकको हितका लागि काम गरिरहेको संस्थाले कृषि क्षेत्रमा ऋण प्रवाह गर्दै संस्थामा आवद्ध सदस्यहरुलाई उत्प्रेरणा दिंदै आएको छ । उनको नेतृत्वमा संस्थाले पाडापालन कार्यक्रम गर्दै पशुपालनमा लाग्न शेयर सदस्य र समुदायलाई समेत प्रेरणा दिईरहेको छ ।
स्थानिय सरकार र समुदायबीच समन्वयका लागि निकै महत्वपूर्ण संस्थाको रुपमा स्थापित टोल विकास संस्थाको नेतृत्वमा पनि युवा नै छन् । टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिमा ४५ बर्षीय केशव धितालको नेतृत्व छ । उनको नेतृत्वमा रहेको संस्थामा पनि युवाहरुको बाहुल्यता छ । यसअघि केही ओझेलमा परेको समन्वय समितिलाई धिताल नेतृत्वमा आएपछि चलायमान बनाएका छन् ।
हेटौँडा–६ मा नै रहेको संस्थागत विद्यालय मुनलाईट इन्टरनेशनल स्कूलको नेतृत्व ३९ बर्षीय भरत सापकोटाले गरिरहेका छन् । शिक्षामा नयाँ आयाम थप्ने लक्ष्यका साथ विद्यालय संचालन गरिरहेका उनी समेत विभिन्न सामाजिक संस्थामा आवद्ध छन् । आफ्नो नेतृत्वमा रहेको विद्यालयलाई सैद्धान्तिकसंगै व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने उनको सोच रहेको छ । उनी शिक्षा क्षेत्रमा आफ्नो कामले यस क्षेत्रमा परिचित छन् । वडाका विभिन्न संस्थाहरुमा युवाहरुको सहभागिताले संस्थाले नयाँ उचाईमा पुर्याउन सहयोग गरेको ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको भनाई छ । अनुभावी र युवाहरुको समिश्रणबाट संस्थाले प्रभावकारी काम गर्न सक्ने भन्दै क्षमतावान युवाहरुलाई संघसंस्थामा संलग्न गराउने क्रम बढाउनु जरुरी रहेको उनको भनाई छ ।
उनीहरु त उदाहरण मात्रै हुन्, हेटौँडा- ६ का अन्य संघसंस्थामा समेत युवाहरुको सहभागिता उल्लेख्य रहेको छ । यसले गर्दा संघसंस्था संचालनको परम्परागत ढाँचा भन्दा पनि नीति, विधि र प्रविधिलाई संस्थामा प्रवेश गराएको छ । यसले संस्थासंगै संस्थामा आवद्ध सामुदायको समेत जीवनस्तरमा सकारात्मक विकास भएको छ । हेटौँडा–६ का यस्तो उदाहरणलाई अन्य क्षेत्रका संस्थाले पनि अनुसरण गर्नु जरुरी छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

