Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

आइतबार राष्ट्रियसभा सदस्यको निर्वाचनको उम्मेदवारी

Rastriya-1578118863.jpg

१९ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।  विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यकतालिका राखिएको छ । 
उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ। मनोनयनको औपचारिक पत्र, दलित, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समूहबाट निर्वाचित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ ।
प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुने छ भने एक जनाको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार