२१ पुस, हेटोँडा । ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको बताएका छन् ।
सोमबारबाट शुरु भएको प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्र गर्दै उनले संविधानले ३ तहको स्पष्ट कामको विभाजन गरेको भन्दै नेकपाले प्रदेश संसदीय दललाई निर्देशन दिनु प्रक्रियागत रुपमा गलत भएको बताए । उनले राजधानी र नाम केन्द्रबाटै भन्नुपर्ने भए जनतालाई २ बर्षसम्म किन अन्यौलमा राखेको भन्दै प्रश्न गरे । उनले नेपाली कांग्रेसका सभापति एवं तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले दुरदर्शी ढंगले प्रदेशको राजधानी हेटौँडामा राखेको बताए । उनले ढिलै भएपनि कांग्रेस सभापति देउवाले गरेको निर्णय नेकपाले ठिक सावित गरेको बताए । उनले विगतमा पनि मध्यमाञ्चल विकास क्षेत्रको केन्द्र रहेको हेटौँडा हेटौँडाका जनता र सांसदहरुका लागि भन्दा पनि देशकै लागि आवशयक रहेको बताए ।
उनले सबैले आफ्नो घर र आँगन अगाडि राजधानी खोजेर नपाउने भन्दै उनले रणनीतिक अवस्थालाई हेर्नुपर्नेमा जोड दिए । संघीयतालाई पुरानै अवस्था फर्काउने खेल भईरहेको हुन सक्ने भन्दै कांग्रेसले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाई थियो । उनले राजधानी र नाम सर्वसम्मतिमै टुंगो लगाउन सबैसंग आग्रह समेत गरे ।
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...




-1782741482.jpg)













