२५ पुस, काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा बिहीबार पनि स्थायी हेटौँडा र काभ्रेको पक्षमा सांसदहरुले बिभाजित धारणा राखेका छन् ।
प्रदेश राजधानी अध्ययन विशेष समितिले ५ जिल्लाको सम्भाव्यता प्रस्तुत गरेपनि प्रदेशसभामा भईरहेको छलफलमा भने अधिकांश सांसदहरुले हेटौँडा र काभ्रेको पक्षमा विभाजित भएर धारणा राखिरहेका छन् । विहिबार बोल्ने २१ प्रदेशसभा सदस्यमध्ये प्रदेशसभा सदस्य आशमाया तामाङ र केशवराज पाण्डेले नुवाकोटलाई राजधानी बनाउनुपर्ने माग राखे भने मिलनबाबु श्रेष्ठले चितवन पनि उपयुक्त रहेको बताए । आफ्नो धारणा राख्ने बाँकी सांसदहरु काभ्रे र हेटौँडाको पक्षमा बाँडिएका थिए । नेकपाका सांसद राजेन्द्र पाण्डेले भने हेटौँडा र काभ्रे दुबैलाई राजधानी बनाउन सुझाव दिए । उनले हिउँदे अधिवेशन हेटौँडामा र बर्षे अधिवेशन काभ्रेमा गर्न सुझाव पनि दिए । बैठकमा सांसद प्रेमबहादुर पुलामी, रिना गुरुङ, ओमबहादुर घलान, मुनु सिग्देल, सन्तबहादुर प्रजाले हेटौँडा प्रदेशको राजधानी हुन उपयुक्त रहेको बताएका थिए । उनीहरुले विगतमा पनि रणनीतिक महत्व, मध्माञ्चलको सदरमुकाम भैसकेको, संरचनाको पर्याप्तता लगायतका विषयले राजधानी हेटौँडा नै हुुनुपर्नेमा जोड दिए ।
बैठकमा राजेन्द्र गुरुङ, जीवन डंगोल, रमेश पौड्याल, राजकाजी महर्जन, बिजुला बर्मा, केशवप्रसाद पोखरेल, निमा लामा र हिमाली गोलीले राजधानी काभ्रे उपयुक्त हुने बताए । उनीहरुले भौगोलिक उपयुक्तता, सामाजिक अवस्था, पूर्वाधार, पायकको हिसावले पनि काभ्रे उपयुक्त हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, जगत सिम्खडा, न्हुक्षेनारायण श्रेष्ठ, काजीमान श्रेष्ठ, लालकुमारी पुनले राजधानी सम्भाव्यता अध्ययन समितिलाई गम्भिर ढंगले अध्ययन गरी उपयुक्त निर्णय लिनुपर्नेमा जोड दिएका थिए ।
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...




-1782741482.jpg)













