२६ पुष, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् ।
दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ ।
साविक विजेता मनाङ र मच्छिन्द्र बीचको गएको सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले दुवै क्लबका ३–३ जना खेलाडीलाई कारबाही गर्दा दबाबमा परेका छन् ।
मनाङका जगजीत श्रेष्ठलाई १० हजार रुपैयाँसहित पाँच खेल, अशोक बराललाई १० हजार रुपैयाँसहित ६ खेल तथा रन्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई समान दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
मनाङका म्यानेजर शिव लामा १० हजार रुपैयाँ जरिवानासहित बाँकी सबै खेल प्रतिबन्धमा परेका छन् । अनुशासन समितिले दुवै क्लबलाई समान ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।
पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।
११ अंकको मनाङ दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




