Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

‘ए’ डिभिजन लिगः छैटौं चरणका खेलहरु आजबाट

A-division-football-15779-1578705019.jpg


२६ पुष, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् ।
दशरथ रंगशालामा मध्याह्न १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसित तथा दिउँसो ३ बजे मनाङ–मर्स्याङ्दी क्लबको भिडन्त हिमालयन शेर्पा क्लबसित हुनेछ ।
साविक विजेता मनाङ र मच्छिन्द्र बीचको गएको सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले दुवै क्लबका ३–३ जना खेलाडीलाई कारबाही गर्दा दबाबमा परेका छन् ।
मनाङका जगजीत श्रेष्ठलाई १० हजार रुपैयाँसहित पाँच खेल, अशोक बराललाई १० हजार रुपैयाँसहित ६ खेल तथा रन्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई समान दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
मनाङका म्यानेजर शिव लामा १० हजार रुपैयाँ जरिवानासहित बाँकी सबै खेल प्रतिबन्धमा परेका छन् । अनुशासन समितिले दुवै क्लबलाई समान ५० हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।
पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । 
११ अंकको मनाङ दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।
 

p211-1578705021.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार