२७ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडा र नामकरण बागमती रहने भएको छ । आइतबार प्रदेशसभा हेटौँडामा बसेको बैठकबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडा र नामकरण बागमती रहने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।
प्रदेश राजधानीबारे भएको मतदानमा मकवानपुरको हेटौँडाको पक्षमा १०५ मत खसेको थियो भने विपक्षमा ३ मत खसेको थियो । यसअघि काभ्रेको धुलेखेलका लागि भएको मतदानमा काभ्रेको पक्षमा ३ मत र विपक्षमा १०१ मत परेको थियो भने काभ्रेका प्रत्यक्ष निर्वाचित सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल र चन्द्र लामा गरी ४ सांसद तटस्थ बसेका थिए । बागमति नामकरणको पक्षमा १०८ मत नै खसेको थियो । सबैको साझा सहमतिमा राजधानी र नामकरणको टुंगो लागेको मूख्यमन्त्री डोरमणी पौडेलको भनाई छ । ‘राजधानी हेटौँडा र नामकरण बागमति कायम हुनु खुशीको कुरा हो तर यसअघि नै हेटौंडा राजधानी रहेका यसलाई सामान्य ढंगबाट लिनुपर्छ ।’–उनले भने ।
प्रदेशसभा संचालन भएको दुई बर्षपछि राजधानी र नामकरणको टुंगो लाग्नु सबैको गौरबको विषय बनेको सांसदहरुको भनाई छ । यसअघि अस्थायी मनस्थितिमा रहेको सरकार, कर्मचारी र सांसदहरुले विकासको स्थायी खाका बनाउन सहज भएको उनीहरुको भनाई छ । राजधानी र नामकरण भएसंगै हेटौँडाको ऐतिहासिक महत्व कायम भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको भनाई छ । ‘ राजधानी र नामकरणमा भएको मतदानले राजधानीबारे सबैको मनमा हेटौंडा रहेछ भन्ने प्रष्ट भयो, नाममा त विपक्षमा मतदान नै भए ।’–उनले भने ।
प्रदेशसभामा ११० सांसद रहेकोमा सभामुख सानुकुमार श्रेष्ठसहित १०९ जना उपस्थित रहेका थिए भने मत विभाजनका क्रममा बराबर भएमात्रै सभामुखले मत जाहेर गर्ने संवैधानिक व्यवस्थाका कारण श्रेष्ठ भने मतदानमा सहभागी भएन । स्वतन्त्र सांसद प्रेम तामाङ भने संसदमै उपस्थित भएनन् ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...





-1782741482.jpg)











