२७ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीको मतदानका क्रममा आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका ४ सांसद तटस्थ रहेका छन् ।
प्रदेशसभामा प्रदेशको राजधानी काभ्रेको धुलिखेलमा मतदानका क्रममा ४ सांसद तटस्थ रहेका हुन् । काभ्रेको पक्षमा विवेकशिल साझा पाटीका सांसदहरुको ३ मत परेको थियो । त्यसको विपक्षमा नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा संयुक्त र राप्रपाको गरी १०१ मत परेको थियो । काभ्रको धुलेखेलको मतदानमा काभ्रेका प्रत्यक्ष निर्वाचित सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, रत्न ढकाल र चन्द्र लामा गरी ४ सांसद तटस्थ बसेका थिए ।
शुरुदेखि नै काभ्रेको पक्षमा लविङ गर्दै आएका उनीहरुले नेकपा सचिवालय बैठकको निर्णय नमान्ने भन्दै पार्टीका बैठक र संचारमाध्यममा धारणा राख्दै आएका थिए । दबाबका लागि उनीहरुले केही समय अघि काभ्रे राजधानी हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव समेत दर्ता गरेका थिए । तर नेकपा प्रदेश संसदीय दलले नेकपा सचिवालयको निर्णय राजधानी हेटौँडा र नामकरण बागमतीमा अनिवार्य व्हिप जारी गरेपछि उनीहरु पार्टीको निर्णय मान्न बाध्य भएका थिए । काभ्रेको मतदान हुँदा उनीहरु ‘फेस सेभिङ’ का लागि तटस्थ बसेका थिए । हेटौँडाको पक्षमा भएको मतदानमा भने चारै जना सहभागी भएका थिए ।
हेटौँडाको पक्षमा संसदमा अनुपस्थित प्रेम तामाङ र विपक्षमा मतदान गरेका विवेकशिलका ३ सांसदबाहेक बाँकी १०५ जनाले नै मतदान गरेका थिए ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











