Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

रिट्वीट र फलो गर्दा पैसा 

yusaku_ErVAzMI6Ij-1578966034.jpg

२९ पुष, हेटौंडा । जापानका एक अर्बपतिले ट्वीटरमा आफ्ना एक हजार फलोअरलाई ९० लाख डलर बाँडेका छन् । पैसाले मान्छेको जीवनमा कति खुसी ल्याउन सक्छ भन्ने परीक्षण गर्न उनले त्यस्तो गरेको बताइएको छ ।
पैसा प्राप्त गर्न ट्वीटर प्रयोगकर्ताले केबल उनलाई फलो र रिट्वीट गर्नुपर्ने थियो । यसमा सबैलाई जनवरी ७ को मध्यरातसम्ममा ट्वीट रिट्वीट गर्न भनिएको थियो ।
अनलाइन सपिङका मोगुल भनेर चिनिने युसाकु मेइजावाले अघिल्लो हप्ता मात्र १ ट्वीटरका एक हजार प्रयोगकर्तालाई १ अर्ब येन अर्थात ९० लाख डलर, बाँड्ने घोषणा गरेका हुन् जसमा प्रत्येकले ९ हजार डलरसम्म प्राप्त गर्नेछन् । 
युट्युबमा यसबारे घोषणा गर्दै युसाकुले यसलाई अत्यन्तै गम्भीर सामाजिक परीक्षणका रुपमा लिदै पैसाले मान्छेको जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ र कसरी प्रभाव पार्छ भन्ने सम्बन्धी अध्ययन गर्न सकिने उल्लेख गरेका छन् ।
उक्त भिडियोमा उनले सबै विजेताहरुले आफूले पाएको पैसा जेसुकैमा पनि खर्च गर्न सक्ने बताएका हुन् । 
तर उनीहरुले केकसरी प्रयोग गरे र त्यसले तिनको जीवनमा कति फरक पार्यो भन्नेबारे सामान्य प्रश्नहरुको जवाफ चाहिँ दिनुपर्ने शर्त राखेका छन् । 
युसाकुले २०१९ को सुरुवातमा पनि यस्तै किसिमको प्रतियोगिता राखेका थिए जसमा उनले १०० जना ट्वीटर प्रयोगकर्तालाई ९ लाख १४ हजार डलर प्रदान गर्ने वचन दिएका थिए । र अन्त्यमा प्रत्येकले उनीबाट नौ हजार डलर प्राप्त गरेका थिए । 
त्यतिबेला उनले सबैभन्दा बढी रिट्वीट भएको ट्वीटको नयाँ रेकर्ड कायम गरेका थिए जसमा उनको ट्वीट ४६ लाख ८० हजारपटक रिट्वीट भएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार