Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

प्रर्दशनमा सहभागी भएका बेलायती राजदूत पक्राउ

GettyImages-1193110688-1578967749.jpg

२९ पुस, तेहरान (विविसी) । इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन् । इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।
इरानी सेनाले गत बुधबार युक्रेनको यात्रुवहाक विमान्र खसालेपछि १ सय ७६ जना यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा मारिएकाको सम्झनामा राजधानी तेहरानमा आयोजित जागरण अभियानमा सहभागी भएलगत्तै बेलायती राजदूत मकेयरलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको समाचार नागरिकमा छ । मृतकको सम्झनामा आयोजित कार्यक्रम प्रदर्शनमा रुपान्तरण हुन लागेलगत्तै राजदूत मकेयरले सो कार्यक्रम छोडे पनि उनलाई पक्राउ गरिएको थियो । कपाल काट्न एउटा सैलुनमा रोकिँदा उनी पक्राउ परेका थिए। इरानी सुरक्षाकर्मीले भने बेलायती राजदूतले प्रदर्शन आयोजनाका लागि सहयोग गरेको आरोप लगाएका छन् । एउटा ट्विट गर्दै राजदूत मकेयरले प्रदर्शनमा सहभागी भएको भन्ने आरोप अस्वीकार गरेका छन् भने बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत मकेयर पक्राउको निन्दा गरेका छन्।  
‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री डोमिनिक राबले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ । उता, इरानले बेलायती राजदूत मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको पुष्टि गरेको छ । तस्निम समाचारसंस्थाले बेलायती राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्बिर ट्विटरमा पोस्ट गरेको थियो ।
युक्रेनी यात्रुवहाक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाले पनि सुरुमा हैन भनेर ढाँटेको भन्दै आफ्ना अधिकारी ‘झुटा’ भएको आरोप लगाउँदै इरानको राजधानी तेहरानमा सरकारविरोधी प्रदर्शन भएको छ। सुरुमा युक्रेनी विमानलाई खसालेको भन्ने आरोप सिधैं अस्वीकार गरेको इरानले शनिबारमात्रै ‘मानवीय त्रुटिका कारण’ विमानमाथि क्षेप्यास्त्र प्रहार भएको भन्दै माफीसमेत मागेको थियो । चालक दलका सदस्यसहित १ सय ७६ जना यात्रुको ज्यान जाने गरी क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान ‘भूलवश’ खसालेको दाबी इरानी पक्षको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार