Google Photo
१ माघ, हेटौंडा । मंगलबार राति आक्रमण गरी एक जनाको हत्या गरेको अभियोगमा मकवानपुरका ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ डोटेका २२ बर्षीय नविन ठाडा मगर, १८ बर्षीय टेकबहादुर ठाडा मगर, ३६ बर्षीय दानबहादुर ठाडा मगर, २६ बर्षीय कृष्णबहादुर ठाडा मगर, २० बर्षीय सूर्यबहादुर ठाडा मगर, २६ बर्षीय विजय ठाडा मगर र २२ बर्षीय शेरबहादुर आले मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ कुण्डोमा उनीहरुले ढुंगा, मुडा र घरेलु हतियार प्रयोग गरी आक्रमण गर्दा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ९ का ५० बर्षीय जीतबहादुर मगरको मृत्यु भएको थियो । आक्रमणबाट घाइते भएका जीतबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । आफ्ना भाई हराएपछि खोज्न त्यहाँ पुगेका जीतबहादुरलाई चोर्न आएको आशंकामा स्थानीयले आक्रमण गरेको जनाईएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।
घटनास्थल मकवानपुर र रौतहटको सिमानामा पर्ने प्रहरीले जनाएको छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















