Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौँडामा माघी महोत्सव (तस्विरहरु)

Maghi-Mahotsav-(1)-1579105693.JPG

१ माघ, हेटौँडा । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी भव्य रुपमा मनाईएको छ । सांस्कृतिक कार्यक्रम, थारुको परिकारको स्टलहरु दोस्रो थारु माघी महोत्सवमा राखिएको थियो ।
महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु परिकारहरुको स्टल राखेका थिए । रौतहटको हरफरौरी नृत्य, लौरी नृत्य तथा थारु युवा, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गित गायन तथा नृत्य प्रस्तुत गरेका थिए । हेटौंडा ४, भुटनदेवी माध्यमिक विद्यालय चौरबाट शुरु भएको झाँकीसहितको ¥याली हेटौंडा बजारको परिक्रमा गरी विद्यालयको प्राङ्गणमा पुगेर महोत्सवको रुप लिएको थियो ।
महोत्सवमै परिक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थी, थारु समुदायका जेष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ । सशुल्क महोत्सवमा करिब दुई हजार जनाले अवलोकन गरेको बताईएको छ ।
उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ हेटौंडाका अध्यक्ष नरेशलाल श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक बासुदेव चौधरी, निवर्तमान सभापति रविन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ्गका मकवानपुर अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव सन्तोष तुम्सीङ मगर, दनुवार जागरण समिति मकवानपुरका सचिव कृष्ण बहादुर राई दनुवारको आतिथ्य रहेको थियो ।
त्यस्तै, थारु विद्यार्थी सभाका जिल्ला अध्यक्ष राजेश प्रसाद चौधरी, थारु महिला सभाकी जिल्ला अध्यक्ष द्रौपती चौधरी, थारु युवा सभाका जिल्ला संयोजक प्रमानन्द चौधरी लगायतको आतिथ्य रहेको कार्यक्रममा नीरा चौधरी र धिरेन्द्र चौधरीले सहजिकरण गरेका थिए ।
माघी पर्व आदिबासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाएका हुन् ।

Maghi-Mahotsav-(2)-1579105704.JPG
Maghi-Mahotsav-(3)-1579105810.JPG
Maghi-Mahotsav-(4)-1579105824.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार