Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निजि विद्यालयहरुसँग सहकार्य गर्न तयार छौः सभामुख श्रेष्ठ

82377454_636799143724562_-1579352502.jpg

४ माघ, हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाग्मती प्रदेशको दोस्रो वार्षिक साधारणसभामा शनिबार हेटौंडामा सम्पन्न भएको छ । 
प्रदेश अध्यक्ष थगिन गुरुङको अध्यक्षतामा भएको साधारणसभामा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मुलुकलाइ समृद्धि तर्फ लैजान बागमती प्रदेशले शिक्षामा लगानी गर्ने बताए । निजी क्षेत्रका विद्यालयहरुसंग समन्वय गर्दै शैक्षिक गुणस्तर सुधार गर्न लागीपर्ने सभामुख सानुकुमार श्रेष्ठको भनाई थियो ।
उनले निजी विद्यालयहरुका कारण मुलुकको समग्र शैक्षिक गुणस्तरमा बृद्धि भएको दावी गरे ।  शिक्षाको विकासमा निजी क्षेत्रले धेरै योगदान गरेको भन्दै उनले सरकार निजी विद्यालयहरुसँग सहकार्य गरेर जान तयार रहेको उल्लेख गरे । 
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपालप्रसाद आचार्य, केन्द्रीय सदस्य मदनकुमार दाहाल। बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष केसबलाल श्रेष्ठ, सचिब राममणी सापकोटा, कोषध्यक्ष भोजराज शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुबेदीले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष थगिन गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रदेश सचिव राममणि सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भोजराज शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रमकै बीच प्याब्सन प्रदेश सदस्यरुलाई लेखापरीक्षण सम्बन्धी ज्ञानसमेत प्रदान गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार