१० माघ, हेटौंडा । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।
विहिबार सार्वजनिक भएको परिणाम अनुसार निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् ।
यस्तै प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी निर्वाचत भएका छन् ।
यसैगरी प्रदेश–२ बाट नेकपाकी तुलसा दाहाल, राधेश्याम पासवान तथा राजपा नेपालका शेखर सिंह र मृगेन्द्र सिंह यादव निर्वाचत भएका छन् ।
सत्तारुढ दल नेकपा हावी भएको राष्ट्रियसभाको निर्वाचनमा वाग्मती प्रदेशबाट नेकपाका वेदुराम भुसाल र गंगा बेलबासे विजयी भएका छन् भने गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचत भएका छन् ।
यस्तै प्रदेश नम्बर–५ बाट नेकपाकी विमला घिमिरे, नेकपाकै जगप्रसाद शर्मा र गोपाल भट्टराई निर्वाचित हुँदा कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचत भएका छन् ।
र सुदूरपश्चिम प्रदेशबाट पनि नेकपाकी शारदा भट्ट र तारामान स्वार निर्वाचत भएका छन् ।
यस निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन । यसअघि जितेका सातओटा सिट पनि कांग्रेसले गुमाएको छ ।
सातओटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका थिए ।
प्रदेश सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको थियो ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











