Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

A-division-football-15779-1579828845.jpg

१० माघ, हेटौंडा । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा थ्रीस्टार क्लब र जावलाखेल विजयी भएका छन् ।
विहिबारको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गरेको हो ।
थ्रीस्टारको जितका लागि सुशील राई, सन्जोग राई र वासु ओलान्दीरान हज्मतले एक÷एक गोल गरेका हुन् । पराजित टोली हिमालयन शेर्पाका तर्फबाट एक मात्र गोल सटेफेन समिरले गरे ।
जितपछि थ्रीस्टार क्लब ८ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब चौथो स्थानमा झरेको छ ।
 तालिकामा १६÷१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । 
‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । जावलाखेलले एपिएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । उनले खेलको ७१ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । 
त्यसअघि खेलको ५७ औँ मिनेटमा टेकेन्द्र थापाले रातो कार्ड खाँदा जावलाखेल १० खेलाडीमा सिमित भएको थियो । जितसँगै जावलाखेल ८ खेलबाट १२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार