२५ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २३, २४ र २५ को संयुक्त वडा ईकाई समितिले बुधबार बृहत बनभोज कार्यक्रम गरेको छ ।
बृहत बनभोज कार्यक्रममा ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष भई हाल माओवादी केन्द्रमा रहेका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपा क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २ सय ५६ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसमा लामो समयदेखि योगदान गरिरहेका ३ वटै वडाका २४ जनालाई सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका २४ नम्बर वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख अातिथ्यता नेपाली कांग्रेस मकवानपुरका सभापति र नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशिष्ट अातिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशिष्ट अथिति राज्यमन्त्री बानियाँले विभिन्न बहानामा अन्य केही दलहले गाउँ/गाउँ गएर केही थान फुटवल बाँड्दैमा जनता बलीको बोका नबन्ने भन्दै स्थानीय निकायको चुनावमा विकास पक्षधरको साथमा लागि विकासप्रेमी नेता चुन्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य, रिता खनाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, सचिवद्वय सुवातसिं थिङ र जनक धिताल, नगर सभापति आनन्दराम पराजुली, दलित संघ केन्द्रीय सदस्य पवित्रा बिश्वकर्मा, महासमिति सदस्य धर्म लामिछाने, विष्णुप्रसाद दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दिलबहादुर सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




