२५ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २३, २४ र २५ को संयुक्त वडा ईकाई समितिले बुधबार बृहत बनभोज कार्यक्रम गरेको छ ।
बृहत बनभोज कार्यक्रममा ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष भई हाल माओवादी केन्द्रमा रहेका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपा क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २ सय ५६ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसमा लामो समयदेखि योगदान गरिरहेका ३ वटै वडाका २४ जनालाई सम्मान गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका २४ नम्बर वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षता एवम् केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख अातिथ्यता नेपाली कांग्रेस मकवानपुरका सभापति र नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ विशिष्ट अातिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशिष्ट अथिति राज्यमन्त्री बानियाँले विभिन्न बहानामा अन्य केही दलहले गाउँ/गाउँ गएर केही थान फुटवल बाँड्दैमा जनता बलीको बोका नबन्ने भन्दै स्थानीय निकायको चुनावमा विकास पक्षधरको साथमा लागि विकासप्रेमी नेता चुन्न जनतालाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार अशोक शाक्य, रिता खनाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, सचिवद्वय सुवातसिं थिङ र जनक धिताल, नगर सभापति आनन्दराम पराजुली, दलित संघ केन्द्रीय सदस्य पवित्रा बिश्वकर्मा, महासमिति सदस्य धर्म लामिछाने, विष्णुप्रसाद दाहाल, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दिलबहादुर सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















