१३ माघ, हेटौंडा । हेटौंडाको होटल एभोकाडोमा मूख्यमन्त्री डोरमणी पौडेलबाट रात्रीभोजको आयोजना हुने भएको छ । मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्वारा सोमबार साँझ ५ बजे रात्रीभोजको आयोजना हुने भएको हो ।
सांसदहरुलाई पठाईएको एसएमएसमा एभोकाडोमा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना हुने भएकाले उपस्थितिका लागि जानकारी गराईएको छ । मूख्यमन्त्रीले राजधानी र नामाकरण टुंगो लगाउन सहयोग गरेकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना गरेको एक सांसदले बताए । सुशासनसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएकै दिन मूख्यमन्त्रीद्वारा सांसदहरुलाई रात्रीभोज राख्नुलाई सांसदहरुले बेग्लै ढंगले अर्थ्याएका छन् ।
मूख्यमन्त्रीले प्रक्रियागत ढंगबाट निर्णय भएको विषयमा धन्यवाद ज्ञापन गर्न रात्री भोज नै दिनुले सुशासनको ‘बाटो बिराएको’ ति सांसदले बताए । ‘भन्दा विरोध गरेजस्तो हुने तर सुशासनको विधेयकमाथि बोलेकै साँझ यस्तो गलत अभ्यासमा सहभागी हुन निम्तो आएको छ ।’–उनले भने–‘धन्यवाद ज्ञापन नै गर्नुपर्ने भए संसदको रोष्टमै गएर धन्यवाद ज्ञापन गरेको भए हुन्थ्यो ।’–उनले भने ।
सदाचारको मूल्यमान्यतामा पनि भोजभतेर घटाउनु जरुरी रहेको भन्दै उनले मूख्यमन्त्रीबाट सुशासन विपरित कामको शुरुवात हुनु दुःखद भएको उनले बताए । आफु त्यस्तो कार्यक्रमको साक्षी नहुने उनले बताए । अर्का सांसदले पनि रात्री भोजको विरोध गरेका छन् । उनले पनि २/४ लाख रुपैँया आर्थिक भारको कुरा मात्रै नभई यसले प्रदेशमा सुशासनको अवस्था कस्तो हुँदैछ भन्ने देखाउँछ । ‘भोज नै गरेर धन्यवाद दिनुपर्ने आवश्यकता किन पर्यो मूख्यमन्त्री ज्यूलाई ?’–उनले सोधे–‘बरु ढिलो गरेर भनेपनि बल्ल आफ्नो कर्तव्य पुरा भयो भन्ने बोध हुनुपर्ने हैन र ?’
रात्रीभोजको निम्तो प्रदेशसभाका सदस्यलाई मात्रै आएको बुझिएको छ । संचारकर्मीहरुलाई कुनै औपचारिक निम्तो नआएको पत्रकार महासंघ मकवानपुरका पदाधिकारीहरुको भनाई छ ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)