१६माघ, हेटौंडा।मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा र अफिम सहित मानिस र त्यसमा संलग्न कारोबारी पक्राउ गरिरहेको छ। प्रत्येक दिन जिल्लाको विभिन्न स्थानबाट लागु औषध बरामद गरिरहदा यसको असरप्रसारमा भने कमि आउँन सकेको छैन।
प्रहरीले हिजो बुधबार मात्रै गोलि चलाएर हेटौंडा ११बाट ३२ किलो लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेपनि आज बिहिबार पनि ३०० ग्राम अफिम र ६३ किलो लागुऔषध गाँजा सहित २ जना मानिसलाई पक्राउ गरेको छ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको टोलिले मनहरीबाट हेटौडा जाँदै गरेको बा३च ५९९७ नम्बरको पिकअप गाडीलाई रोकि चेकजाँच गर्दा ३०० ग्राम अफिम र ६३ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।चरेश र गाँजा सहित पक्राउ पर्नेमा पिकअपका चालक बारा पर्सौनी गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय को रामजी साह तेली र बारा अदर्स कोतवाल गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय प्रेम पटेल रहेको उपरीक्षक राठौरले जनाएका छन्।
उनिहरुले गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको ल्याएको अवस्थामा २१ वटा पोकामा उक्त परिणामको गाँजा फेला परेको जनाइएको छ।उनिहरूले दुवैमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।अफिम कारोबारीलाई १५ देखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रवक्ता टिका बहादुर कार्कीले बताएका छन।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
