१८माघ,हेटौँडा।दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सव तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सहकारी र रेडियोको बार्षीकोत्सवको अवसरमा शनिबार मनहरी गाउँपालिकाको १ मकरीमा भएको स्वास्थ्य शिविरमा ३१० जनाले सेवा लिएका हुन ।स्वास्थ्य शिविर मनहरी गाउँपालिका र मनहरी १ नम्बर वडा कार्यालयको सहयोग एवम् चुरेहिल अस्पताल प्रा.लि र सुविधा पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रम बागमती प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले सहकारी र मिडियाले स्वास्थ्य शिविरको आयोजना गरेर ग्रामीण भेगका जनतालाई सेवा गरेको भन्दै खुसी व्यक्त गरेका छन । सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले दिव्यतारा र रेडियो मकवानपुर जनताप्रति उत्तरदायी रहेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यले निरन्तरता पाउने बताइन् ।त्यसैगरी कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सहकारी र मिडिया समुदायप्रति लक्षित हुनु आवश्यक रहेको बताए ।
त्यसैगरी मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले स्वास्थ्य शिविर कार्यक्रमले सर्वसाधारण लाभान्वित भएको बताए ।कार्यक्रममा चुरेहिल अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर जयराज शर्मा , जिल्ला सहकारी संघका सचिव दिनेश उपाध्याय, दिव्यतारा सहकारीका सचिव गणेश भेटवाल, नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, नेता शंकर न्यौपाने, चुरेहिल अस्पतालका सञ्चालक नारायणलाल श्रेष्ठ, वडा सदस्यहरु नवराज पौडेल, सावित्री घिमिरे, सोमलक्ष्मी प्रजा, अक्कलबहादुर थिङसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रम मार्फत रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले रेडियोको बार्षिकोत्सव र सहकारीको स्थापना दिवसको अवसरमा गरेको कार्यक्रमको बिषयमा जानकारी गराएका थिए । शिविरमा प्रेसर, सुगर तथा हाडजोर्नीका बिरामीले सेवा लिएको रेडियोका स्टेसन संयोजक गणेश दर्पण अधिकारीले बताए ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
