Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोट्रयाक्ट क्लबद्वारा शैक्षिक सामाग्री वितरण

84533561_1042672882756361-1580648504.jpg

१८ माघ, हेटौंडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरले ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुते स्थित कृष्ण प्राथमिक बिधालयमा अध्ययनरत ७० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 
क्लबका अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौलागाईंले आर्थिक रुपमा कमजोर, दलित जनजातिका मात्रै छोराछोरी पढ्ने भएकाले यस बिध्यालयलाई टिकाईराख्न पर्ने बताए । 
उनले बिधालयको शैक्षिक गुणस्तरमा वृद्धि भए यहाका अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक बिध्यालयमा पढाउन ल्याउने भन्दै बिधालयलयको शैक्षिक कार्यमा सुधार ल्याउन बिधालय प्रशासनलाई आग्रह गरे ।
यस्तै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद ढुंगानाले बिधालयमा विद्यार्थी र अभिभावककलाई आकर्षित गर्न सबै कक्षालाई अङ्ग्रेजी माध्यममा लगेको जानकारी दिए ।
गरिव, दलित तथा जनजातिका मात्रै बिध्यार्थी अध्ययन गर्ने भएकाले उनिहरुलाई टिकाईराख्न उपमहानगरको सहयोगमा दिवा खाजाको ब्यवस्था समेत मिलाइएको अध्यक्ष ढुंगानाले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाले शैक्षिक विकास गर्दै विद्यार्थीलाई बिधालयमा आकर्षित गराउने तर्फ ध्यान दिन आग्रह गर्दै बिध्यालयलाई आवस्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यस बर्ष ८१ जना विद्यार्थी भर्ना भएपनी ७० जना विद्यार्थीमात्रै नियमित आउने गरेको बिधालयकि प्रध्यानाध्यापक मन्दिरा घिमिरेले जानकारी दिइन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार