१९ माघ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले समुदाय प्रहरी साझदारी कार्यक्रम अन्र्तगत एक कार्यक्रमको आयोजना गरी मकवानपुरका १० वटै स्थानिय तहलाई प्रशंसापत्र वितरण गर्नुका साथै सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा मकवानपुरका १०वटै स्थानिय तहले सहकार्य गरेकोले सबै स्थानिय तहलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालद्धारा हस्ताक्षरित उक्त प्रशंसापत्र मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सुशील सिह राठौरले मकवानपुरका १० वटै स्थानिय तहका प्रमुखलाई आइतबार एक समारोहका बिच उक्त प्रशंसापत्र प्रदान गरेका छन । कार्यक्रममा बोल्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशील सिह राठौरले जिल्लामा देखिएको लागुऔषध कारोबार र ओसारप्रसारलाई नियन्त्रण गर्न आफु जस्तोसुकै कदम चाल्न पछि नहटने बताएका छन ।उनले कारोबारीलाई पक्राउ गर्न गोलि समेत चलाउन पछि नपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिककी उप–प्रमुख मिना कुमारी लामाले नगरका साथै जिल्लाका देखिएको लागुऔषध कारोबार र दुव्र्यसनीको न्युनिकरणमा मकवानपुर प्रहरीले देखाएको कदम सम्मानयोग्य रहेकोले सो कार्यमा प्रहरीलाई सहयोग गर्ने बताइन ।
कार्यक्रममा भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना,इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा,कैलाश गाँउपालिका अध्यक्ष टंक मोक्तान,बकैया गाँउपालिका अध्यक्ष दमोदर खनाल, मकवानपुरगढी गाँउपालिका अध्यक्ष बिदुर हुमागाई,बागमती गाँउपालिका उपाध्यक्ष धनकुमारी थिङ्, थाहानगरपालिका उप–प्रमुख खड्ग गोपाली, विभिन्न गाँउपालिका र नगरपालिकाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालयका डिएसपि टिका बहादुर कार्की,प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो । साथै कार्यक्रममा प्रहरी उपरीक्षक राठौरले मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रणका लागि चलाएको अभियान र लागुऔषधको अवस्थाको बारेमा जनप्रतिनिधीसंग सहजिकरण गरेका थिए ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
