२० माघ, हेटौंडा । हेटौंडा–९ स्थित कुखरेनी खोलामा सोमबार अनुगमनका क्रममा अवैध रुपमा संचालनमा रहेको बालुवा प्लान्ट भत्काइएको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिले सोमबार हेटौंडाको कुखरेनी खोलामा नदि जन्य पदार्थको अनुगमन गरी प्लान्ट भत्काईएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा कुखरेनीमा अबैध रुपमा संचालन भएका बालुवा उद्योगहरुको अनुगमन गरिएको थियो ।
अनुगमन टोलीले कुखरेनी खोलामा कुश्माण्ड सरोवर त्रिवेणी धाम देखि दक्षिण मानव सेवा अश्रमसम्म खोला अनुगमन गरेको हो । करीब १ किलो मिटरको क्षेत्रमा १० वटा वालुवा प्लान्ट अवैध रुपमा संचालन भएको पाईएको छ । त्यस्तै सो क्षेत्रमा ४ वटा ४ वटा क्रसर उद्योग समेत संचालन भएको पाईएको अनुगमन समितिका संयोजक खुलालले बताए । टोलीले अबैध संचालन भईरहेका वालुवा प्लान्टहरु भत्काउनुका साथै वालुवा प्लान्टका मेसिनरी औजार समेत जफत गरेको छ । उक्त क्षेत्रमा अबैध नदि जन्य पदार्थ उत्खनन् नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको छ ।
अनुगमन पछि बसेको वैठकले नदि जन्य पदार्थहरुको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, वकैया र वागमती गाउँपालिका क्षेत्रमा जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ समुह वनाई नियमित अनुगमन गर्ने निर्णय गरेको छ । उक्त क्षेत्रमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन गर्ने निर्णय भएको छ ।
त्यस्तै हेटौंडादेखि पश्चिम लोथरसम्म, राक्सीराङ र ईन्द्रसरोवरगाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा ३ समुह वनाई डभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घ नारायण कोईरालाको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय गरिएको भएको छ । अनुगमन समितिले क्रसर तथा वालुवा उद्योगलाई व्यवस्थित गराउनका स्थानीय तहलाई पत्राचार गरिएको भए पनि हाल सम्म स्थानीय तहले विवरण पेश नगरेकाले तथ्यगत विवरण ल्याउन लागि स्थानियतहरुमा पुनः पत्राचार गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिल सिंह राठौर, सशस्त्र प्रहरी बल १४ नम्बर गणका शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरे, दुवै भिजन वन कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
















-nepal-1793665142.jpg)
