Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्रिकेटमा नेपाल ओमानसंग १८ रनले पराजित

Cricket-1580900258.jpg

२२ माघ, काठमाडौं । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग १८ रनले पराजित भएको छ । 
१९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६  ओभर ५ बलमा १ सय ७९ रनमा समेटियो । नेपालका शरद भेषावाकरले सर्वाधिक ५५ रन जोडे । विनोद भण्डारीले २६, दीपेन्द्रसिंह ऐरीले ३६ र सन्दीप लामिछानेले २८ रन जोडे । ओमानका बलर जिसन मकसुदले ३ र खालीमुल्लाहले २ विकेट हात पारे। बिलाल खान, मोहम्मद नदिम, खवर अली र अकिब इलियासको नाममा एक एक विकेट रह्यो। मकसुदले १० ओभरमा ३ मेडन राखेर ३० रन मात्र खर्चिए। नेपालका पारस खड्का ३, ज्ञानेन्द्र मल्ल १, आरिफ शेख ६ रनमा आउट भए भने रोहित पौडेलले खाता खोल्न सकेनन् ।  
यसअघि टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९७ रन जोड्यो । ओमानका नदिमले अविजित ६९ रन जोडे। सन्दीप गौडले ३३, नसिम खुसीले २८ र जिसन मकसुदले २० रन बनाए।  ५७ रन जोड्दा पाँच विकेट गुमाएको ओमानले छैटौँ विकेटका लागि ६० र आठौँ विकेटका लागि  ४२ रनको साझेदारी गरेको थियो । नेपालका करण केसीले चार र सुसन भारीले ३ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

थप समाचार