Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

स्ववियु निर्वाचन अनिश्‍चित

student1-1580958807.jpg

२३ माघ, काठमाडौँ । आगामी फागुन १४ गतेलाई घोषणा गरिएको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी संघ÷संगठनबीच सहमति नजुट्दा तोकिएको मितिमा निर्वाचन हुने सम्भावना टर्दै गएको समाचार कान्तिपुरमा छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले निर्वाचनलाई विश्वविद्यालयको पदाधिकारी नियुक्तिसँग जोडेर छलफल अघि बढाएको छ । त्रिविमा रेक्टर र अन्य विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिपछि मात्रै स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन कांग्रेसले माग गरेको हो । कांग्रेस निकट प्राध्यापक संघ र नेविसंघले त्रिविमा रेक्टर आफ्नो कोटाको व्यक्ति हुनुपर्ने अडान लिएका छन् । कार्यवाहक रेक्टर मानविकी संकायका डिन शिवलाल भुसालको संयोजकत्वमा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति बनेको छ । 
नेविसंघले रेक्टर नियुक्तिपछि मात्रै निर्वाचन समिति गठन गरेर निर्वाचनको कार्यतालिकालगायत तयारीको काम अघि बढाउन भनेको छ । कांग्रेस नेताहरूले सत्तारूढ नेकपा र प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसँग रेक्टरमा आफू निकटको व्यक्ति नियुक्ति गर्न दबाब दिँदै आएका छन् । नेविसंघले समय नदिँदा सहमति गरेर कार्यतालिका सार्वजनिक गर्न नसकेको समितिका सदस्य सचिव गंगाबहादुर थापाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार