Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडरोजको ३० औं अभिभावक भेला सम्पन्न

R-1581068826.jpg

२४ माघ, हेटौंडा । हेटौंडा–१६ मा रहेको रेडरोड इंग्लिस बोर्डिङ स्कूलको ३० औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य मुनु सिग्देलले बालबालिकाको पहिलो शिक्षक अभिभावक भएकाले सकारात्मक पारिवारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिईन् । उनले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बालबालिकाहरुमा नकारात्मक प्रभाव बढेको भन्दै यसतर्फ अभिभावक सचेत हुनुपर्ने बताइन् । बालबालिकाको चाहना अनुसारको शिक्षा दिनुपर्ने उनको भनाई थियो । उनले छोरासरह छोरीलाई पनि प्रेरणा दिए छोरीहरुले समाजमा आफ्नो महत्वपूर्ण योगदान दिनेतर्फ समाजको ध्यान जानुपर्ने बताईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राई, प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, विद्यालयकी प्रिन्सिपल सरिता भण्डारी, शिक्षिका रचना बज्राचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाको अवसरमा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी, विभिन्न विधामा विजय हुने विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्यासनका विभिन्न तहका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा करिब ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

R1-1581069077.jpg
R2-1581069078.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार