Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रथम हेटौंडा रनमा यादव र श्रेष्ठ विजयी

84708936_2495794527416080-1581174487.jpg

२५ माघ, हेटौंडा । प्रथम हेटौंडा रनको उपाधी अजित यादव र सन्तोषी श्रेष्ठले हात पारेका छन् । 
शनिबार भएको दौडमा पुरुष तर्फ १० किलोमिटर दौडको उपाधि एपिएफका अजिकुमार यादव र महिलातर्फ ५ किलोमिटर दौडको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको आयोजना र पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशको संयोजनमा भएको कार्यक्रममा पुरुषतर्फ विजेता यादवले ३१ मिनेट ६ सेकेण्डमा दुरी पार गरेका थिए । नेपाली सेनाका टंक कार्की दोस्रो, एपिएफका गणेशसिंह ठकुरी तेस्रो, नेपाली सेनाका शिव रायमाझी चौथो र जिवन लामाले पाँचौ भए । 
महिलातर्फ विजेता श्रेष्ठले १८ मिनेट १० सेकेण्डमा दुरी पार गरेका थिए । नेपाल प्रहरीकी राजपुरा पछाइ दोस्रो, नेपाली सेनाकी सरस्वती भट्टराई तेस्रो, नेपाल प्रहरीकी बिर्सना कुमाल चौथो र बागमती प्रदेशकी जुनेली सुनारले पाँचौ भए । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, सन्त्वना पुरस्कारतर्फ नगद १० हजार र ५ हजार रुपैंयासहित प्रमाण पत्र, मेडल तथा शिल्ड प्राप्त गरेका थिए ।
भ्रमण वर्ष २०२० लाई प्रवद्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा पुरुषतर्फ ४ सय ७५ जना, महिलातर्फ ३ सय ९५ जना तथा सहभागितामुलक फन रनमा ४ हजार ७ सय बढिको सहभागिता रहेको थियो ।
हेटौँडा ४ हुप्राचौरबाट सुरु भएको दौड नगरको विभिन्न वडा परिक्रमा गरी पुनः हुप्राचौरमै आएर समापन भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार