Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट मर्नेको संख्या ९ सय ४ पुग्यो 

Coronavirus-1-1580695730-1581298228.jpg

२७ माघ, हेटौंडा । विश्वभर त्रास फैलाएको ‘कोरोनाभाइरस’का कारण मर्नेको संख्या ९ सय ४ पुगेको छ ।
ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ । 
यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो । 
यसैविच चीनमा देखा परेको कोरोना भाइरसको महामारी विश्वका विभिन्न २५ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओले जनाएको छ ।
चीनको हुवानबाट जनवरी २९ मा युएई फर्केका एक परिवारका चार सदश्य र अन्य ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बिश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । 
यस्तै फ्रान्समा सिंगापुरबाट फर्केका बेलायती नागरिक र चीनबाट फर्केका सहित ११ जनामा यो भाइरस पुष्टि भएको छ । 
डब्ल्यु.एच.ओ.का अनुसार, जापानमा ८९, थाइल्याण्डमा ३२, क्यानाडामा ७ , जर्मनीमा १३, कोरियामा २ , मलेसियामा १७, अष्ट्रेलियामा १५, भियतनाममा १३ , सिंगापुरमा ३३, ताइवानमा १७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । 
यस्तै बेलायत र रुसमा २, इटलीमा तीन, फिलिपिन्स र भारतमा तीन, बेल्जियममा ९, स्पेन, स्वीडेन, फिनल्याण्ड, श्रीलंका, नेपाल, कम्बोडियामा १ जनामा कोरानाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार