Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फुँयाल दोस्रो पटक ‘झण्डै’ मन्त्री, यस्तो छ कारण

Rameshor-1581516661.jpg

२९ माघ, हेटौंडा । बागमती प्रदेश सरकारको विस्तार हुन मन्त्रीपरिषदमा नेकपाका मूख्य सचेतक रामेश्वर फुँयाल दोस्रो पटक ‘झण्डै’ मन्त्री बनेका छन् । प्रदेश सरकार गठनदेखि प्रदेशको राजधानी र नामाकरणसम्मको अवधीमा संसदमा मूख्यमन्त्री डोरमणी पौडेलको ‘खम्बा’ बनेर उभिएका उनी दोस्रो पटक ‘झण्डै’ मन्त्री बनेका हुन् । 
प्रदेशको राजधानी र नामाकरणको टुंगो लागे लगतै फुँयाल भौतिक पूर्वाधार विकास मन्त्री बन्ने चर्चा शुरु भयो । यसबारे मूख्यमन्त्री र नेकपाका शिर्ष नेतासम्म अन्तिम चरणमा पुगिसकेका थिए । फुँयालले पनि संचारमाध्यममा मन्त्री हुने आसयकै प्रतिक्रिया दिएका थिए । तर चर्चा भएको एक साता पनि नपुग्दै उनको मन्त्री बन्ने बाटोमा अवरोध उत्पन्न भयो । ‘उहाँको छिट्टै प्रतिक्रिया दिने प्रवृत्तिका कारण चर्चा सेलाएको हो ।’–चर्चा सेलाएपछि संचारकर्मीसंग एक नेकपाका प्रभावशाली प्रदेशसभा सदस्यले प्रतिक्रिया दिएका थिए । त्यही दिन फुँयाललाई प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मन्त्री बन्ने चर्चाबारे चर्चा मात्रै नभई मन्त्री नै बन्न शुभकामना दिएका थिए । बानियाँले व्यंग्यात्मक ढंगबाट हिन्दी गीत ‘मुन्नी बदनाम हुई, डार्लिङ तेरे लिए’ भने झैं नाममात्रै आएर सेलाउने अवस्था नआओस् भनेका थिए । तर फुँयाल दोस्रो पटक मन्त्रीको सपथग्रहण हुने टुंगिएर ‘झण्डै’ मन्त्री बन्न पुगेका छन् । 
नेकपाका नेताहरुको विवाद फुँयालको सपथका लागि अवरोध बन्यो । बुधबार अपरान्ह ४ बजे सपथग्रहणको लागि प्रदेश प्रमुखको कार्यालयलाई अनौपचारिक जानकारी दिईपनि नेताहरुको विवादका कारण बुधबार मूख्यमन्त्री कार्यालयमा प्रदेश सरकारको दोस्रो बार्षिकोत्सवको कार्यक्रम शुरु भईरहदा स्थगित खबर बाहिर आयो । विहान भरी भौतिक पूर्वाधार बिकास मन्त्री बन्ने समाचारमा छाएर सपथ रोकिएपछि फुँयाल निरास देखिन्थे । संचारकर्मीहरुसंग हसिलो मुद्रामा कुरा गर्न आईपुग्ने फुँयाल बुधबार संचारकर्मीहरुको सम्पर्क आउन हिच्किचाईरहेका देखिन्थ्ये । उनको मन्त्री बन्ने सपनामा सामाजिक विकास मन्त्री युवराज दुलाल ‘बाधक’ बने । 
दुलाल मन्त्रालय परिवर्तन गरी भौतिक पूर्वाधार मन्त्रालयमा जान खोजेका कारण बुधबारको सपथ रोकिएको नेकपाका नेताहरुले अनौपचारिक कुराकानीमा बनाएका थिए । प्रचण्डले दुलाललाई भौतिक मन्त्री बनाउन खोजेपछि बुधबारको सपथ रोकिएको छ । अब छिटै यसबारे नयाँ ढंगबाट छलफल हुने मूख्यमन्त्री निकट स्रोतको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार