Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सरकारले सालक पार्कको विकासमा सहयोग गर्छ : मूख्यमन्त्री पौडेल

M11-1581676404.jpg

भीमसेन पौडेल
२ फागुन, हेटौंडा ।
बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–१७ मा रहेको सालक पार्कको विकासमा सहयोग गर्ने बताएका छन् ।
सालक पार्कमा शुक्रबारदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले पर्यटनको विकासका लागि प्रदेश सरकारले योजनाहरु अघि बढाईरहेको बताउँदै पार्कमा समेत सहयोग हुने बताए । लोपोन्मुख सालकको संरक्षणसंगै पर्यटन प्रर्वद्धनमा सालक पार्कले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सालक पार्कको क्षेत्र विस्तारमा अघि बढ्न आग्रह गरे ।
उनले यस क्षेत्रमा सालक पार्कसंगै, मकवानपुरगढी, जुरेथुम, गुम्बाडाँडा जस्ता पर्यटकीय क्षेत्रमा सरकारले बजेट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीति र धर्म दुबैले समाज परिवर्तनमा जोड दिएको भन्दै समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवं चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा–१७ का अध्यक्ष भैरवबहादुर राई, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष केशव धिताल, स्वामी आनन्द सागर, अधिवक्ता घनप्रसाद गौतम, संकल्पकर्ता उद्धव शर्मा, समूहकी उपाध्यक्ष कल्पना पराजुली, पण्डित बासुदेव बत्स लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि, महायज्ञस्थलबाट शुरु भएको कलशयात्रा बंशगोपाल मन्दिर चौघडा पुगेर पुनः महायज्ञस्थलमा पुगी टुंगिएको थियो ।
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गर्ने जनाईएको छ । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ । महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार