२ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ३ को आयोजनामा हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत ४ वडामा भेला सम्पन्न भएको छ ।
चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बुधबार साविकको हेटौंडा १९ र २१ वडा हाल १६ नम्बर वडा र साविकको १७ र १८ वडा हालको १५ नम्बर वडामा संयुक्त भेला गरेको हो ।
१६ नम्बर वडामा भएको भेलामा साविक १९ नम्बरका वडा सभापति बलराम पुलामीको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको थियो । कार्यक्रममा काँग्रेस पार्टी मकवानपुरकी सल्लाहकार रिता खनालले कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो । त्यस्तै १५ नम्बर वडामा साविक १८ नम्बरका वडा सभापति महारत्न लामाको सभाध्यक्षता तथा निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको थियो ।
यसअघि चैत १ गते हेटौंडा उपमहानगरपालिकाको साविक २३, २४ र २५ नम्बर हाल १८ नम्बर र साविक २० र २२ हाल १७ नम्बर वडामा वडा भेला भएको थियो ।
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य र रिता खनाल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य रामबाबु बानियाँ, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, ईश्वरलाल श्रेष्ठ, भरत पराजुली, नारायणप्रसाद लम्साल, नेविसंघ जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा राजु, रामकृष्ण कोईराला, तरुण दल जिल्ला सचिव सचित थापा, रामप्रसाद अधिकारी, कृष्णप्रसाद सापकोटा, बाबुराम खनाललगायतको उपस्थिति रहेको थियो ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिनुभएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







