Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नयाँ संरचनाअन्तरगत नगरमा काँग्रेसको ४ वडामा भेला

congress-16-nambar-wada-1-1489581463.jpg

२ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ३ को आयोजनामा हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत ४ वडामा भेला सम्पन्न भएको छ ।
चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बुधबार साविकको हेटौंडा १९ र २१ वडा हाल १६ नम्बर वडा र साविकको १७ र १८ वडा हालको १५ नम्बर वडामा संयुक्त भेला गरेको हो ।
१६ नम्बर वडामा भएको भेलामा साविक १९ नम्बरका वडा सभापति बलराम पुलामीको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको थियो । कार्यक्रममा काँग्रेस पार्टी मकवानपुरकी सल्लाहकार रिता खनालले कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो । त्यस्तै १५ नम्बर वडामा साविक १८ नम्बरका वडा सभापति महारत्न लामाको सभाध्यक्षता तथा निर्वतमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भेला भएको थियो ।
यसअघि चैत १ गते हेटौंडा उपमहानगरपालिकाको साविक २३, २४ र २५ नम्बर हाल १८ नम्बर र साविक २० र २२ हाल १७ नम्बर वडामा वडा भेला भएको थियो ।
    कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य र रिता खनाल, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य रामबाबु बानियाँ, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, ईश्वरलाल श्रेष्ठ, भरत पराजुली, नारायणप्रसाद लम्साल, नेविसंघ जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा राजु, रामकृष्ण कोईराला, तरुण दल जिल्ला सचिव सचित थापा, रामप्रसाद अधिकारी, कृष्णप्रसाद सापकोटा, बाबुराम खनाललगायतको उपस्थिति रहेको थियो ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिनुभएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg