३ फागुन, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।
मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको बताएका हुन् । उनले अन्तिम मौका दिंदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने उनको चेतावनी थियो ।
खेलकुदलाई विकास र समृद्धिसंग जोडेर लैजानुपर्नेमा जोड दिंदै उनले यो काम बागमती गाउँपालिकाले गरेको भन्दै प्रशंसा गरे । उनले नेपाली खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै उनले यसलाई निरन्तरताका लागि समेत आग्रह गरे । स्वस्थ नागरिकबाटै मात्रै देश समृद्धि हुने भन्दै उनले यसमा खेलकुदको योगदान रहेको बताए । खेलकुदको विकास भएको देशमा नागरिक स्वस्थ हुने भएकाले नेपालले पनि खेलकुदमा लगानी गर्नुपर्ने उनको भनाई थियो । उनले इलाका प्रशासन कार्यालय नहुँदा त्यस क्षेत्रमा समस्या परेको गुनासो आएको भन्दै यसका लागि छिटो भन्दा छिठो पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
खेलकुद संयोजक अरुण लामा बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी, प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, नेकपा केन्द्रीय सदस्य राजाराम वाग्ले, २ नम्बर प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्यांतान, बागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहाल, मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर, सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक विकास घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रियस्तरका १० टिमको सहभागिता रहेको छ ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















