२ चैत, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताहव्यापी कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराईले जिल्लाको वन डढेलोको अवस्था र नियन्त्रणका लागि कार्यालयले गरेको कामबारे प्रस्तुति गरेका थिए । त्यस्तै, वन विशेषज्ञ किरण तिमल्सिनाले विश्वव्यापी वन डढेलो, प्राविधिक पक्ष, सूचना प्रविधिको प्रयोग, रणनीति, डढेलो नियन्त्रणमा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी गणेश शर्मा दुवाडीको प्रमुख आतिथ्यता एवं जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वन कार्यालयका कर्मचारी, गैसस मकवानपुर, सामुदायिक वन उपभोक्ता महासंघ, वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत सचेतनामुलक अन्तरक्रिया, र्याली, गोष्ठी लगायतका कार्यक्रम गर्ने सहायक वन अधिकृत भट्टराईले बताए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















