Photo : Kantipur
७ फागुन, रौतहट । सर्वाधिक खोजीको सूची (मोस्ट वान्टेड) मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज अभय भनिने कामेश्वर पटेल मंगलबार राति प्रहरी कारबाहीमा गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर पटेल घाइते भएका हुन् ।
प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनी घाइते भएका छन् । मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीको कारबाहीमा परी घाइते भएको समाचार कान्तिपुरमा शिव पुरीले लेखेका छन् । बारा प्रहरीले पटेलको पिछा गर्दै आएको थियो । उनी जंगलको बाटो गाउँ छिर्न लागेको सुराकी पाएपछि डीएसपी नवीन कार्की र हेमबहादुर शाहीसहितको टोली गौंडा कुरेर बसेको थियो ।
प्रहरी टोलीमाथि पेस्तोलबाट गोली प्रहार गरे पछि जवाफी कारबाहीमा पटेलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । ‘प्रहरीलाई देख्न साथ पेस्तोल निकालेर दुई राउण्ड गोली प्रहार गरे,’ एसपी खड्काले भने,‘जवाफी कारबाहीमा खुट्टामा गोली लागे पछि ढले ।’ पटेलको बायाँ खुट्टामा दुई वटा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ । जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ । भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार उनले चन्दा माग्दा नदिने व्यापारी र अन्यलाई अपहरण गर्ने र गोलीसमेत हान्ने गर्थे । चन्द्रपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि पटेललाई वीरगन्ज लगिएको छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
