७ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अब आर्थिक–सामाजिक रुपान्तरणको कदम चाल्नुपर्ने बताका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरले बुधबार हेटौंडामा गरेको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा धेरै राजनैतिक क्रान्ति भएपनि आर्थिक–सामाजिक रुपान्तरण हुन सक्दा उपलव्धी संस्थागत हुन नसकेको बताए । उनले २०६२/६३ पछि राजनैतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा सकारात्मक परिवर्तनको अभाव रहेको बताउँदै राज्य संचालन गर्ने नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।
उनले संविधानलाई सर्वस्विकार्य बनाउन पनि काम गनुपर्ने बताए । उनले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले प्रजातन्त्र दिवसमा दिएको शुभकामनामा राजा त्रिभुवनको नाम उल्लेख नगर्नुलाई संकिर्ण सोचको उपज भएको आरोप लगाए । संकिर्ण सोचको अन्त्य नभई प्रजातन्त्र बलियो नहुने उनको भनाई थियो ।
जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला, केन्द्रीय सदस्य रामहरी न्यौपाने, बरिष्ठ नेता सिताराम वर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, रापपा आवद्ध महिला संगठनकी जिल्ला अध्यक्ष बालकुमारी डल्लाकोटी लगायतले प्रजातन्त्रको आवरणमा देशमा लुटतन्त्र रहेको बताए ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











