Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सालक पार्कको महायज्ञमा २५ लाख रुपैयाँ संकलन

विडारीले गरे ४ लाख ४४ हजार ४ सय ४४ रुपैँया बराबर सामग्री सहयोगको घोषणा

Daaan-1582120361.jpg

७ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा बुधवार सम्ममा २५ लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा बुधवार मात्रै थप १६ लाख रुपैयाँ संकलन भएको हो । 
बुधवार आनन्दराम पराजुली, आकाश गोले, हरिबहादुर बस्नेत, विष्णु श्रेष्ठ र सरस्वती श्रेष्ठको समूहबाट ५ लाख ११ हजार १ सय ११, उदय विडारीबाट ४ लाख ४४ हजार ४ सय ४४ बराबरको जिन्सी सामान, रंगनाथ दाहालबाट १ लाख ८८ हजार ८ सय ८० बरावरको ईट्टा, विष्णुप्रसाद दहालबाट १ लाख ११ हजार १ सय ११, दाहाल प्रतिष्ठानबाट २६ हजार ३ सय ४०, हेटौडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयबाट २५ हजार, ६ नम्बर वडा कार्यालयबाट १० हजार, बहुआयामिक आयआर्जन समूह ४ नम्बरबाट २२ हजार २ सय २२, रंगलक्ष्मी न्यौपानेबाट तुलादान मार्फत २१ हजार रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए ।
यसैगरी बखानसिह पाख्रिन, रामप्रसाद पुडासैनी, उत्तम रिमाल, बद्रीप्रसाद लामिछाने, घनप्रसाद गौतम, श्रीप्रसाद न्यौपाने, सुसान्त श्रेष्ठ, लक्ष्मी धिताल, मोर्डन ईन्स्फाक्चरबाट जनही ११ हजार १ सय ११ रुपैयाँ संकलन भएको छ । सप्ताहमा विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालक पार्कको भौतिक संरचना बनाउने प्रयोजनको निमित्त भक्तजनहरुबाट सहयोग गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार