Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले क्षेत्रीय सदस्यसहित ३१ जना कांंग्रेस प्रवेश

congress-1-1489673625.jpg

३ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्तरगत २ वडामा भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा कांग्रेसले बिहिबार साविकको हेटौंडा १४ र १५ वडा हाल १३ नम्बर वडा र साविकको १६ नम्बर वडा हालको १४ नम्बर वडामा भेला तथा गरेको हो ।
  हेटौंडा उपमहानगरपालिका १४ र १५ नम्बर वडामा भएको संयुक्त भेलामा साविक १४ नम्बरका वडा सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भेला तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यकर्ताबाट नयाँ संरचनाअन्तरगत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको कांग्रेस मकवानपुरकी सल्लाहकार रिता खनालले जवाफ दिएकी थिईन् ।
त्यस्तै १४ नम्बर वडामा साविक १६ नम्बरका वडा सभापति बलराम बलको सभाध्यक्षतामा भएको बृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताबाट उठेको प्रश्नको जवाफ निर्वतमान पार्टी सभापति रघुरमण न्यौपानेले दिएका थिए । कार्यक्रममा नेकपा एमाले ३ नम्बर क्षेत्रीय सदस्य टिका बानियाँ, रामकुमार बल, बिक्रम बललगायत ३१ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
दुवै वडामा छुट्टाछुट्टै भएको कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य र प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महासमिति सदस्य भरत पराजुली, पूर्व जिल्ला उपसभापति नारायणप्रसाद लम्साल, महाधिबेशन प्रतिनिधी रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्की, पूर्व जिल्ला सदस्य गोपाल अधिकारी, अर्जुन थिङ, चम्फुरत्न लामालगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस मकवानपुरको नयाँ संरचना अन्तरगत चुनावी अभियान हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला तथा बृहत अन्र्तक्रिया गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार