Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा एक सातामा ९ जोडी वालविबाह रोकीए

images-1582204231.jpg

८ फागुन, हेटौंडा । प्रदेश सरकारले सन् २०८० सम्म बागमती प्रदेशलाई वालविवाह मुक्त बनाउने घोषणा गरेसंगै स्थानीय तह र सामाजिक अभियात्नाहरुको पहलमा मकवानपुरमा एक सातामा ९ जोडी वालवालिकाको विवाह रोकीएको छ । 
वालबालिकाका क्षेत्रमा काम गर्दै आएको सिवीन बाल हेल्प लाईनले भीमफेदी गाउँपालिकामा मात्रै ६ वटा बालविवाह रोकीएको बताएको छ । 
यस्तै हेटौंडा उपमहानगरपालिकामा २ र बकैयामा एउटा वालविवाह रोकीएको सिवीन बाल हेल्पलाईनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । 
विवाह गर्ने र गर्न प्रयास गर्ने बालिकाहरुको उमेर २ जना बालिका १४ वर्षका, ३ जना १५ वर्षका र ३ जना १६ वर्षको उमेरका रहेको संयोजक ज्ञवालीले बताए । 
यस्तै यी बालिकाहरुसँग विवाहगर्ने वा गर्न प्रयास गर्ने बालकहरु मध्ये ६ जना २० वर्ष मुनिका र २ जना २१ र २२ वर्षउमेरका रहेको संयोजक ज्ञवालीले जानकारी दिए । 
बालविवाह न्युनिकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट प्रयास थालीएको अध्यक्ष हिदम लामाले बताए ।
बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बालहेल्पलाईनका जिल्ला संयोजक झविन्द्र ज्ञवाली लगायतको सहभागीतामा बालविवाह रोक लगाउन पालिका मै बसि छलफल गरिएको थियो ।
बालबालिकाको अभिभावकसंग बालविवाह विरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकहरुलाई सचेत गराईएको थियो । 
वालविवाह कानूनी रुपमा दण्डनीय फौजदारी अपराध हो । तर समाजमा यसलाई सामान्य रुपमा लिने गरिएकै कारण यसलाई रोक्न चुनौती देखिएको उपाध्यक्ष पार्वती रानाले बताइन् । 
अभिभावक र वालवालिकालाई सचेत पार्दै गाउँपालिकाले वालविवाह रोक्ने अभियान थालेको उपाध्यक्ष रानाले जानकारी दिइन् । फोटोः गुगल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार