Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सालक पार्कको महायज्ञमा ४२ लाख संकलन

Tulaa-1582204866.jpg

८ फागुन हेटौडा । हेटौंडा–१७ सालक पार्कमा भैरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञमा विहिवार सम्ममा ४२ लाख रुपैयाँ आर्थिक संकलन भएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महायज्ञमा विहिवार मात्रै थप १६ लाख रुपैयाँ संकलन भएको हो । 
विहिवार प्रेमप्रसाद लम्सालले ५ लाख बराबरको जिन्सि सामान, गोले ब्रदर्स निर्माण सेवाले १ लाख ५१ हजार बराबरको जिन्सि सामान, हेटौडा–१६ नम्बर वडा कार्यालयबाट १ लाख १ हजार, लायन्स क्लव अफ हेटौडा र युवा विकास कृषि सहकारीले १ लाख १ हजार बरावरको खानेपानी ट्यांकी, रोहिणी हाउजिङले ५१ हजार, हरिप्रसाद घिमिरेबाट ३३ हजार बराबरको तुलादान, शिवम सिमेन्ट्सबाट २१ हजार, रिदम संजेलबाट १० हजार बराबरको तुलादान गरेको आर्थिक उपसमितिका संयोजक राजन चौलागाईले बताए । 
यसैगरी हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाबाट ११ हजार मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेबाट ११ हजार, हिमाल पौडेलबाट ११ हजार १ सय ८, अनन्त ढकालबाट १३ हजार, चुच्चेखोला वन समूहका कोषाध्यक्ष राजन चौलागाईबाट ११ हजार, न्यूरेनी चिसापानी सामुदायिक वनबाट ११ हजार, उद्धवप्रसाद तिमल्सिनाबाट ११ हजार, प्रदीप लम्सालबाट ११ हजार, आयआर्जन महिला समूहबाट ११ हजार,  विक्रमकुमार संजेलबाट ११ हजार, शिला पुडासैनीबाट ११ हजार, उत्सव ईटेनीबाट ११ हजार  बंशगोपाल माविबाट ११ हजार आर्थिक संकलन भएको आयोजकले जनाएको छ । 
फागुन १० गतेसम्म संचालन हुने महायज्ञमा नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् । महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र  विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक नवराज न्यौपानेले बताए । 
महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान आयोजकले गरेको छ ।

Rohini-1582205357.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार