१२ फागुन, हेटौंडा । मकवानपुरमा लागु औषध सेवनकर्ताको वृद्धि भइरहेको छ । दिनप्रतिदिन प्रहरीले सेवनकर्ता विभिन्न स्थानवाट पक्राउ गर्ने गरेको छ ।
पक्राउ परेका मध्ये केहीलाई सम्झाइबुझाई तथा केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको अवस्थामा मकवानपुर प्रहरीले लागु औषधको कुलतमा फसेका युवा युवतीलाई कारवाही भन्दापनि काउन्सिल गर्ने कार्यको सुरुवात गरेको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले लागु औषध सेवन कार्यमा पक्राउ परेकालाई आफै बसेर काउन्सिल गर्ने अभियानमा लागि परेका छन।
'हामीले आइतबार राति हेटौडा बजारको विभिन्न स्थानबाट लागु औषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका ५ जना युवतिलाइ सुधार्न सकिन्छ भन्ने उद्देश्यले काउन्सिल गरिएको र यो अभियानले फागुन महिनाभर निरन्तरता पाउने'उपरीक्षक राठौरले बताए। उपरीक्षक राठौरले लागुऔषध सेवमा फस्नुको कारण पहिचान गरी सेवन कार्यमा फसेकालाइ कारवाही भन्दापनि काउन्सिल आवश्यक देखिएकोले काउन्सिलिङ्को पक्षमा लागिएको बताए। उनले दिनप्रतिदिन सेवन कर्ताको संख्या बढ्दै गएको र काउन्सिलिङ्गले सेवनकर्तामा चेतना पैदा हुने भन्दै अभियानको सुरुवात गरिएको बताए।
उनिहरूलाई मायाको आवश्यक परेकोले मुस्कान सहितको अभियानको थालनि गरिएको जानकारी दिएका छन् ।एसपी सरले हामिलाई अभिभावक जसरी काउन्सिलिङ गर्नु भयो वास्तवमा प्रहरी साथी नै रहेछ लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेकी मनहरी ज्यामिरेकी १७ बर्षीया एक युवतीले बताइन।
' हिजोको दिनमा जानी नजानि कुलतमा फसियो तर अाज एसपी सरको परामर्शले म हिडेको बाटो गलत रहेछ भन्ने बिझे,अब म लागुऔषध लाई भुलेर सिप मुलक काममा लाग्ने छु' युवतीले बताइन।
मकवानपुर प्रहरीले सुरु गरिएको यस अभियान पक्कै साथीको लहैलहैमा लागेर, पारिवारीक विचलनाम परेर लागु औषध सेवन गरेका युवायुवतीलाई बरदान सावित हुनेछ। जसमा मकवानपुर प्रहरी तथा एसपी राठौरको यस अभियानले मकवानपुर प्रहरी लागु औषध सेवनकर्ताको संख्यामा कमि गराउन सफल आकलन गर्न सकिन्छ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
