Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपालाई झड्का : निर्वाचन अायोगद्वारा 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाउँदै

nepal-election-commission-1489761885.jpg

४ चैत, काठमाडौं । निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाउने भएको छ।

निर्वाचनका आयोगले राप्रपाको फागुनको पहिलो साता भएको एकता महाधिवेशनबाट पारित विधानमा रहेको ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित’ वाक्यांश हटाएर विधान स्वीकृति गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संविधानसँग बाझिएको विषयलाई हटाएर विधान स्वीकृत गर्नेे आयोगले निर्णय गरेको नागरिक न्यूजको समाचारमा उल्लेख छ ।

निर्वाचन आयोगको निर्णयप्रति विद्रोहको धम्की दिँदै उप प्रधानमन्त्री समेत रहेको राप्रपाको अध्यक्ष कमल थापाले आयोगको निर्णयिविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

‘यदि यो निर्णय सत्य हो भने राप्रपा अस्विकार गर्छ, कानुनी उपचार खोज्छौं। विचारलाई बन्देज लगाउने कार्य प्रजातान्त्रिक मान्यता विपरित छ,’ थापाले ट्विट गर्दै भनेका छन्।

संविधानले नेपाललाई ‘संघीयत लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र’को रुपमा व्याख्या गरेको छ।

‘संविधानले विचार स्वतन्त्रता ग्यारेन्टी गरेको छ। पार्टीको विचार निषेध गर्ने अधिकारी कसैलाई छैन। विचार निषेध गर्ने भए चुनावमा भाग लिनुको औचित्य रहन्न’ थापाले भने, ‘संविधानले हिन्दु राष्ट्र र राजसंस्थाको विचार लिएर जनतामा जान निषेध गरेको छैन।’

'विचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षडयन्त्र हो। विचार स्वतन्त्रतालाई निषेध गर्ने हो भने निर्वाचन होइन विद्रोहको बाटो रोज्नुपर्ने हुन्छ । के हामीलाई त्यही बाटोतर्फ धकेल्न खोजेको हो ?' थापाले ट्विट गर्दै भनेका छन्,  'राप्रपा संविधान र संवैधानकि व्यवस्थासँग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिडेको छ। कृपया संवैधानिक बाटो अवरुद्ध नगरियोस।'

2017-03-17-20-27-23-1-1489761885.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार