१८ फागुन, हेटौंडा । हेटौंडामा सम्पन्न नगरस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधी वडा नम्बर १२ र महिलातर्फको उपाधि वडा नम्बर १९ ले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि जित्ने क्रममा वडा नम्बर १२ ले ५ नम्बर वडालाई १५–२५, २५–१७, २५–१५, १८–२५ र १६–१४ को सेटमा हराएको हो ।
उपाधिसँगै १२ नम्बर वडाले नगद पचासहजार सहित नगरकपको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको ५ नम्बर वडाले नगद तीसहजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
यसैगरी शनिवार नै सम्पनन भएको महिलातर्फको फाइनल खेलमा वडा नम्बर १४ लाई हराउँदै १९ नम्बर वडाले उपाधी जितेको हो ।
खेलमा वडा नम्बर १९ ले २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा उपाधि जितेको हो । उपाधिसंगै १९ नम्बर वडाले पनि नगद पचासहजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपबिजेता बनेको वडा नम्बर १४ ले नगद तीसहजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ हेटौंडा–१२ का बुद्धिकृष्ण दंगाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्ते हेटौंडा–१२ का सुमन स्याङ्तान उत्कृष्ट सेटर, हेटौंडा–११ का निरन सपकोटा उत्कृष्ट डिफेन्डर, हेटौंडा–५ का प्रकाश चौलागाईं उत्कृष्ट स्पाइकर र निरपेश जोशी उत्कृष्ट ब्लकर घोषित भए ।
यस्तै महिलातर्फ हेटौंडा–१९ की सपना बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदा हेटौंडा–१४ का सरस्वती खड्का र सञ्चमाया थिङ उदीयमान खेलाडी, हेटौंडा–१९ की सुजिता थापा उत्कृष्ट सेटर र हेटौंडा–९ की आयुषा सिंह उत्कृष्ट डिफेन्डर घोषित भइन ।
विजयी टिम तथा उत्कृष्ठ हुन सफल खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले पुरस्कार वितरण गरेकी थिइन् ।
आयोजक प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–५ निवासी पूर्व राष्ट्रिय खेलाडी चुडाकुमारी खड्का, पूर्व राष्ट्रिय रेफ्री दीपकरुद्र कर्माचार्य र खेलकुदलाई सहयोग गर्दै आएका हेटौंडा स्कूल अफ म्यानेजमेण्टका संयोजक पुरनबहादुर जोशीलाई सम्मान गरिएको थियो ।
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...











-nepal-1792111426.jpg)






