Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कप: एफसी हुप्रा र हेटौंडा भेट्रान्स सेमिफाइनलमा

school-banda-8-1583112921.jpg

१९ फागुन, हेटौंडा । हेटौंडाको हुप्रा चौरमा जारी दोस्रो राष्ट्रिय भेट्रान्स कप एट 'ए' साईड फुटबल प्रतियोगितामा आयोजक, एफसी हुप्रा र हेटौंडा भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक भुटनदेवी युवा क्लबले सिमरा भेट्रान्सलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 
भुटनदेवीको जितका लागी राजकुमार घिसिङले २ गोल तथा देबिन श्रेष्ठ र ओम गुरुङले समान १÷१ गोल गरे । उक्त खेलको म्यान अफ द म्याच भुटनदेवीका राजकुमार घिसिङ भए । 
यस्तै आइतबार नै भएको दोश्रो क्वाटरफाइनल खेलमा जित निकाल्दै एफसी हुप्र सेमिफाइनल प्रवेश गरेको छ । एफसी हुप्रले बागमती खेलकुद विकास समितिलाई २–० को गोलअन्तरले पराजित गरेको हो । 
हुप्राको तर्फबाट रोहित थापा र सुन्दर तामाङले समान १÷१ गोल गरे । खेलको म्यान अफ द म्याच हुप्राका क्याप्टेन लख्खनलाल चौधरी भए ।
आइतबार नै फरेष्ट्री बिहानी भेट्रान्स र हेटौंडा भेट्रान्सबीच भएको खेलमा हेटौंडा भेट्रान्स ३–० गोलअन्तरले विजयी भएको छ । हेटौंडाका तर्फबाट विजयलाल श्रेष्ठले २ गोल गरे भने बिरेन्द्र खत्रीले १ गोल गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार