१९ फागुन, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा सोमबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले सहजीकरण गर्दै ट्राफिक नियममा भएको परिवर्तनको बारेमा जानकारी गराएका थिए ।
उनले पैदल यात्रुले विगतमा प्रयोग गर्ने देब्रेपट्टिको पेटी परिवर्तन गरेर नयाँ नियम अनुसार पैदल यात्रुले आफु हिडे्ने दिशाको दाहिने पेटी प्रयोग गर्नुेपर्ने बताए ।
यस्तै सवारी चालकले ओभरटेक गर्ने समयमा दाहीन तर्फको बत्ति बालेर ओभरटेक गर्ने र साइड दिने सबारीको चालकले देब्रेपट्टिको बत्ति बालेर साइड दिएको संकेत गनुपर्ने जानकारी गराए ।
कार्यक्रममा प्रहरी निरिक्षक ढकालले दैनिकजसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने पनि बताए । उनले प्रत्येक नागरीक आफै पनि बिना बर्दीको प्रहरी भएको बताउँदै कुनै दुर्घटना वा भवितव्य भएमा प्रहरीलाई समयमै खबर गर्न आग्रह समेत गरे ।
उनले विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउँने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग कर्तालाई सुरक्षित रहन मद्दत पु¥याउँने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले जान्दा जान्दै पनि कति समयमा दुर्घना निम्तिने गरेको बताउँदै यस्ता सचेतना कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।
विद्यालयका कक्षा ८ र ९ का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो । कार्यत्रममा प्रहरी निरिक्षक ढकाल सहित प्रहरी साहायक निरिक्षक विश्वराम रञ्जितकारको समेत उपस्थिति रहेको थियो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
